बहुचर्चित गायिका निसा सुनार वोर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को अमेरिका संयोजकमा चयन

इनेप्लिज २०७६ असार २१ गते १०:३५ मा प्रकाशित

नेपाली अमेरिकन कलाकार संघको बरिस्ट उपाध्यक्ष तथा पहिलो पटक नेपाली लोक क्षेत्रमा नायक राजेश हमाल नायक भुवन केसी लगायत लाइ नचाउन सफल बहुचर्चित गायिका निशानै हुन् कुनै जमानामा निसालाइ मात्र हेर्नको लागि निरमाया रोधी क्लबमा लोक प्रेमी हरुको घुइचोनै लगिन्थ्यो बिगत ५ बर्ष देखि कहिले अमेरिका त् कहिले नेपाल गरि बसाई रहेको छ

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड 2019″लाई भब्य रुपमा सम्पन्न गर्न यस अगि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा सफल बयबसायी तथा समाजसेबि ओम जुगजाली र इजरायल बाट गीतकार तथा अन्तरास्ट्रिय कलाकार मंच इजरायलको अध्यक्ष दाना कादम्बरी भैसकेका छन अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन!

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन देखि २१ अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरीको कलाकार हरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्य्श्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक सुमन बूढ़ाले जानकारी गर्नू भएको छ नेपाली गीतसंगीत लाई विदेशमा रहेको नेपाली यूबा हरूले नबिर्सयोस र अंतरष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशे डुंगा साबित हूनेछ ।

प्रतिक्रिया