बुधबार, साउन १ २०७६
काठमाडौं १४:१३
वासिङटन डिसी 04:28

विश्वकप क्रिकेटमा पाकिस्तान विजयी, बंगलादेश पराजित

इनेप्लिज २०७६ असार २१ गते ९:१७ मा प्रकाशित

लणडन, २१ असार । आईसीसी विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो ।

जितसँगै पाकिस्तानले नौ खेलमा ११ अंक बनाएको छ । तर रनरेटमा न्यूजिल्याण्डभन्दा निकै पछि परेका कारण पाकिस्तानको यो विश्वकप यात्रा समाप्त भयो । पाकिस्तानको रनरेट -०.४३ पुग्यो भने न्यूजिल्याण्डको रनरेट ०.१७५ छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि इमाम उल–हकले १०० रनको शतकीय योगदान दिए ।

बाबर अजम ९६ रन बनाउँदा शतकबाट चार रनले चुके । इमाद वसिमले पनि ४३ रनको योगदान दिए । मोहम्मद हफीजले २७ रन बनाए ।

बलिङतर्फ मुस्ताफिजुर रहमानले पाँच विकेट लिए भने मोहम्मद सैफुद्धिनले तीन विकेट हात पारे ।

३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा २२१ रनमा अलआउट भयो । शुक्रबारकाे खेलमा पनि शकिब अल हसनले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ६४ रन बनाए । अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे ।

बंगलादेशलाई हराउनका लागि शहिन शाह अफ्रिदीले ६ विकेट तथा शदाब खानले दुई विकेट लिए ।

प्रतिक्रिया