शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:५५
वासिङटन डिसी 22:10

संसारभर रहेका नेपालीहरुको मन र भावनालाई समेटेर अगाडि बढ्छौं : मुख्यमन्त्री राई

इनेप्लिज २०७६ असार २१ गते ९:१६ मा प्रकाशित

काठमाडौं,  २१ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्री राईले नेपालको तिब्र विकासका लागि संसारभर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न समेत आह्वान गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको बताएका उनले नेपालमा लगानी आकर्षित गराउन चहाने पनि उल्लेख गरे ।

नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताए । ‘नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ’, राईले भने,‘यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।’

विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तिब्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए ।

प्रतिक्रिया