आख्यानकार गगनसिंह थापाको पाँचौ कृति उज्जवलीको बिमोचन

इनेप्लिज २०७६ असार २० गते १२:३७ मा प्रकाशित

आख्यानकार गगनसिंह थापा आफ्नो पाँचौं कृति उज्ज्वलीको विमोचन गरिएको छ ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा . ध्रुबचन्द्र गौतम लगायतका साहित्यकारहरुले सो कृति विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार गौतमले लेखक थापाको यो कृति जातीय बिभेद बिरुद्धको उपन्यासमात्र नभएर जातीय बिभेदबिरुद्धको अभियानप्रतिको ऐक्यवद्धासमेत भएको उल्लेख गरे।

युगौ देखि नेपाली समाजमा विद्यमान जातीय बिभेदले सुदूरपश्चिम क्षेत्रमा कसरी जरा गाडेको छ भन्ने कुरालाई प्रस्तुत उपन्यासले छर्लङ्ग पारेको उनले बताए।

विमोचन कार्यक्रममा बिमोचन कार्यक्रममा आख्यानकार नयनराज पान्डे, महेशबिक्रम शाह र निलम कार्की ‘निहारिका’ ले पुस्तक माथि टिप्पणी गरेका थिए।

उनीहरुले राजनीतिबाट साहित्यिक क्षेत्रमा आएर आख्यानकार थापाले नेपाली साहित्यको क्षेत्रमा ठूलो गुन लगाएको बताए।

कार्यक्रममा गैरआवासी नेपाली संघ महिला समन्वय समितिका उपाध्यक्ष मन थापाले सुदुर पश्चिम नेपालको जातीय विभेद लघु उपन्यासको मुल बिषयबस्तु भएको बताइन्।

सो अबसरमा आख्यानकार थापाले निकट भबिश्यमै अर्को कृति पाठकसामु लिएर आउने जानकारी गराए।

आख्यानकार थापाको यो पाँचौं कृति हो। यसअघि थापाका सोह्र सौगात (संयुक्त लेखनमा कथा संग्रह) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी जस्ता उपन्यास प्रकाशित भइसकेका छन्।

प्रतिक्रिया