प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियोसहित)

इनेप्लिज २०७६ असार १९ गते २०:४९ मा प्रकाशित

रोशन पोखरेल , काठमाडौं । </strong>प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ ।

त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल  बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् ।

गायक खरेलको एकल स्वर रहेको यस गीतमा सुमित्रा थुलुङ अश्रुधारा को शब्द सृजना रहेको छ भने संगीत भरेका छन् डि आर अटुले । यस गीतको म्युजिक भिडियोमा भने चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ , उमेश लम्साल, असोक नाथ अभिनय रहेको छ ।
आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको यस गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् र भिडियोलाई खिच्ने काम गरेका छन् सुशिल डाँगीले गरेका छन  ।

हेर्नुस् गायक खरेलको निकै नै मन छुने गीतको भिडियो.

प्रतिक्रिया