शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०१:५४
वासिङटन डिसी 16:09

फेसबुक, इन्सटाग्राम र ह्वाट्सएपमा समस्या

इनेप्लिज २०७६ असार १८ गते २०:१७ मा प्रकाशित

तपाईको फेसबुक, इन्सटाग्राम र ह्वाट्सएप चलेको छैन ? चिन्ता नगर्नुस तपाई एक्लो होईन । अमेरिकाको पूर्वी तटीय समय अनुसार बुधबार ८ः१५ बिहान देखि यि समाजिक सञ्जालमा समस्या आएको हो ।

यो समस्याबाट विश्वभरका फेसबुक, इन्सटाग्राम र ह्वाट्सएप प्रयोगकर्ता प्रभावित भएका छन् । फेसबुकमा ठूला फाईल जस्तै फोटो, भिडियो देखिएको छैन भने इन्टाग्राममा फोटो, भिडियो अपलोड भैरहेको छैन । यस्तै समस्या ह्वाट्सएपमा पनि छ ।

यि समाजिक सञ्जाल चले नचलेको परिक्षण गर्ने डाउनडिटेक्टरले अमेरिकाको पूर्वी क्षेत्र, युरोप र एशिया प्रभावित भएको देखिएको यूएसए टुडेले जनाएको छ ।

डाउनडिटेक्टरले विश्वका सातहजार ६ सय स्थानमा फेसबुक, इन्सटाग्रामर ह्वाट्सएप राम्रोसंग नचलेको देखाएको छ ।

फेसबुक र इन्सटाग्रामले आफुहरु समस्या समाधानमा लागेको र चाडै नै समाधान निस्कने ट्विटरमार्फत जनाएका छन् ।

प्रतिक्रिया