शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:१०
वासिङटन डिसी 17:25

देश निकाला आदेश,अटेरीलाई लाखौ जरिमाना

जुलाई ४ पछि ठूलो संख्यामा आप्रवासी देश निकाला गरिने

यादवराज जोशी २०७६ असार १८ गते १९:३३ मा प्रकाशित

यादवराज जोशी

इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसिई) इमिग्रेसन अदालतबाट देश निकालाको आदेश पाएर पनि अमेरिका नछाडेका व्यक्तिलाई लाखौ डलर जरिमाना गर्ने नीति लिएको छ । आईसिईले गत साता देश निकालाको आदेश भैसकेको तर अमेरिका नछाडेकालाई यस्तो पत्र पठाएको हो ।

वासिडटन पोस्टले मंगलबार आईसिईको यस्तो पत्र बारे खुलासा गरेको थियो । आईसिईले देश निकालाको आदेशपछि ३० दिन भित्र अमेरिका नछाडेका व्यक्ति पहिचान गरी उनीहरुलाई नोटीस अफ इन्टेसन टु फाईन पठाएको हो ।

यस्तो पत्रमा अमेरिकामा अवैधानिकरुपमा बसेको समय गणना गरी जरीमाना तोकिएको छ । जरीमाना गणना गर्दा अधिकतम प्रतिदिन ७ सय ९९ डलर सम्म जरीमाना तोकिएको छ । आईसिईले देश निकालाको आदेशपछि ३० दिनभीत्र अमेरिका छाडनेलाई ३ हजार डलर जरीमाना गर्ने गर्छ ।

आईसिईले लाखौ डलर जरिमाना तोकेर नोटीस अफ इन्टेसन टु फाईन पठाएपनि तत्काल यो रकम तिर्नु भने पर्दैन । आफुलाई किन जरिमाना नगर्ने भनेर ३० दिनभीत्र प्रतिवाद गर्न सकिन्छ । कोलोराडो, ओहायो, न्यू जर्सीका केही व्यक्तिले अदालतको आदेश नमानेको भन्दै आफुले नोटीस अफ इन्टेसन टु फाईन पत्र प्राप्त गरेको बताएका छन् ।

कोलोराडोका ईन्ग्रीड इन्कालाडा लोट्रेले पाँचलाख डलर जरिमानाको पत्र जुलाई १ मा प्राप्त गरेकी छन् । उनीलाई प्रतिवाद गर्न ३० दिनको समय दिईएको छ । यस्तै पत्र अरुले पनि प्राप्त गरेका छन् । आईसिईले गत मार्चमा देश निकालाको आदेश अटेरी गर्ने दुई हजार व्यक्तिलाई हाजीर हुन नोटिस टु एपियर पत्र पठाएको थियो ।

त्यसपछि पनि हाजिर नभएकालाई लक्षित गरी दुई साता अगाडि छापा मार्ने योजना अगाडि सारेको थियो । काँग्रेसबाट समाधान खोज्न विपक्षी डेमोक्र्याटलाई समय दिदै राष्ट्रपति ट्रम्पले उक्त योजना दुई साता पछाडि सारेका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रता दिवश जुलाई ४ को सप्ताहन्त पछि फेरी आईसिई छापा सुरु हुने र ठूलो संख्यामा गैरुकानुनी आप्रवासी देश निकाला गरिने बुधबार बताएका छन् ।

प्रतिक्रिया