शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:२६
वासिङटन डिसी 22:41

एनडब्लजिएन न्यु इङ्गल्याण्ड शाखा द्वारा महिलाहरुलाई सिपीआर तालिम

इनेप्लिज २०७६ असार १८ गते ११:१४ मा प्रकाशित

नेपाली महिला बिश्व संजाल ( एनडब्लजिएन) इङ्गल्याण्ड शाखाको आयोजनामा महिलाहरुलाई सिपीआर तालिम प्रदान गरेको छ । गत जुन २९ शनिबारका दिनमा सम्पन्न कार्यक्रममा यस क्षेत्र वरपरका महिलाहरुको सहभागिता रहेको थियो । उक्त तालिम निशुल्क रुपमा आयोजना गरिएको थियो भने कार्यक्रमको सभापतित्व शान्ती जोशीले गरेकी थिइन् ।

उक्त कार्यक्रम अमेरिकन हर्ट एसोसिएसनसंग को साझेदारीमा सम्पन्न भएको थियो । सहभागीहरुले तालिम निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए भने ५ चक्र (साईकल) र ३० पटक संकोचन (दबाइएको) तथा २ पटक श्वास लिने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

यसै गरि उक्त कार्यक्रममा प्राविधिक सहयोगमा संस्थाका उप महा सचिव रोशनी घिमिरे तथा सुमि बोहरा लगायतले स्वयंसेवक रुपमा सहयोग गरेका थिए ।भएको थियो । तालिम कक्षको लागी एनआरएनए आइसिसि सदस्य कृष्ण काफ्ले शर्मा र आर्लिंगटन निवासी हरि काफ्लेले सहयोग गरेका थिए ।

अध्यक्ष शान्ती जोशीले सम्पूर्ण पदाधिकारी तथा सद्स्यहरुको तर्फबाट सेवा मुलक कार्यका लागि सहभागी महिला दिदि बहिनिहरुलाई बधाई तथा धन्यवाद दिएकी थिइन् ।

समाचार : सुमी बोहरा

प्रतिक्रिया