१२ महिनाको बच्चाको यस्तो अवस्था ! आमाको बिलौना कसरी हुर्काउने छोरालाई ?

इनेप्लिज २०७६ असार १८ गते ११:०९ मा प्रकाशित

 

पाल्पाको निस्दिकी सुकमाया परियार पोखरामा बस्न थालेको १ महिना जति भयो । कान्छो छोरालाई हुर्काउन उनि पाल्पा देखि पोखरा आएको बताउछीन् । उनको कान्छो छोरा होम बहादुर १२ महिनाको भए ।

तर होम बहादुर १२ महिनासम्म जसरी बढ्नुपर्ने हो त्यसरी बढीरहेका छैनन् । उनका हातगोडा दह्रा छन् । टाउको र अनुहार असामान्य छ । उनी त्यही छोरालाई हुर्काउन पोखराको फेवाताल किनारामा मागेर दिन तिाईरहेकी छन् । एक जना साथीले बोलाएर आएकी सुकमायाले मागेर पोखरामा बस्न सकिदैन की भन्ने शंका गरेकी छन् । एक महिना हुन लाग्यो खान मात्र ठिक्क भएको छ कोठाको भाडा के गर्ने पिर परिरहेको छ ।

छोरालाई हुर्काउदै कतै काम गर्न पाउने भएपनि गर्नहुन्थ्यो भन्छिन् सुकमाया । उनीसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया