आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ११:१७
वासिङटन डिसी 01:32

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी पुरा,प्रदेश १ नं का माननीय मुख्य मन्त्रि शेरधन राई प्रमुख अतिथि

इनेप्लिज २०७६ असार १८ गते २:१२ मा प्रकाशित

डिसि । बाल्टिमोरमा आगामी जुलाई ५ देखि ७ सम्म हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सम्मेलन सभापति विजय श्रेष्ठले जनाएका छन् ।

सम्मेलनका लागि प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राई प्रमुख अतिथि हुनु हुने भएको छ । यसै गरि नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायत राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापाको उपस्थिति हुने छ ।

सम्मेलनमा विभिन्न गोष्ठीको आयोजना हुने छ भने एएनएका ट्रष्टी( गुठियार ) सभापति प्रा अम्बिका अधिकारी द्वारा संचालन हुने कार्यक्रममा वहाहरुसंग अन्तरक्रिया कार्यक्रम रहने छ । नेपालको विकासको लागि प्रवासीहरुको भूमिका सम्बन्धि संगोष्ठी लगायतमा विभिन्न वक्ताहरुमा  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले लगायतको उपस्थिति हुने छ ।

सम्मेलन सभापति श्रेष्ठले सबै कुरा लगभग तयारी भएकोले सबैलाई सहभागी हुन् अनुरोध गरेका छन् । बाल्टिमोरमा निकै चहल पहल सुरु भएको छ भने बानाले आतिथ्य गर्ने छ । सम्मेलन सुरुको दिन राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि )को उपस्थिति हुने छ । यसै गरि डिसी महानगर क्षेत्र तथा बाल्टिमोरका संघ/संस्थाका पदाधिकारीहरुको सहयोग सराहनीय रहेको श्रेष्ठले जनाएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलन एएनए ,आन्मा ,अनेसास र बानाले सयुक्त रुपमा आयोजनामा भै रहेको छ । डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । दोश्रो राष्ट्रिय सम्मेलनलाई ऐक्यबद्धता जनाउदै डिसी क्षेत्रको आन्वा,एनईसिसी ,एनपीपीए तथा सान सह आयोजक भएका छन ।

यसै गरि फ्लोरिडा नेप्लिज एसोसिएसन ,ब्लड डोनर्स अफ अमेरिका ,एन्टा तथा अमेरिका नेपाल सोसाइटी पनि सह आयोजक रहेको छ । सम्मेलनमा बिभिन्न समितिहरु निर्माण गरिएका छन् ।

बिशेष सांस्कृतिक कार्यक्रमको लागि साईली — साइली का प्रख्यात गायक हेमन्त राना ,चर्चित गायक फिरोज स्याङ्गदेन ,यो मन -गीत कि चर्चित गायिका सिने गुरुङ ,संजिप प्रधान लगायत थप आकर्षक कलाकारहरुको प्रस्तुतिले बाल्टिमोर तताउने भएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहेका छन् भने सम्मेलन सभापति विजय श्रेष्ठ रहेका छन् । जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् । आतिथ्य शाखा बानाका अध्यक्ष सुबोध पन्तले सम्मेलनको सुरु दिन रात्री भोजको व्यवस्थापन पनि गरिएको बताए ।

सम्मेलनलाई सफल बनाउन मूल समिति पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया