बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:१४
वासिङटन डिसी 08:29

वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को लागि चर्चित गीतकार तथा मोडल समाजसेवी दाना कादम्बरी श्रेष्ठ चयन

इनेप्लिज २०७६ असार १८ गते १:४८ मा प्रकाशित

 

अमेरिकाको न्युयोर्कमा पहिलो पटक आगामी नोभेम्बरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ ” लाई भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न देशहरुमा संयोजक चयनको काम भैरहेको छ । इज़रायलको लागी वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९ को लागी चर्चित गीतकार तथा मोडल समाजसेवी दाना कादम्बरी श्रेष्ठ चयन भएको छ ।

विगत १४ बर्ष देखी इजरायलमा रहनु भएकी, कादम्बरी “नेपाल आदिवासी जनजाती महासंघ इजरायल” को कोषाध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मन्चमा कोषअध्यक्ष हुँदै भखरै सम्पन्न अधिबेशनबाट अंतरष्ट्रिय कलाकार मंच इज़रायल शाखाको अध्यक्ष पदमा चयन हुनु भएको छ ।

हाल एनआरएनए एनसीसी इजरायलको निर्बिरोध बर्तमान कोषाध्यक्ष   “गितकार संघ नेपाल” कि आजिवन सदस्यपनी रहनु भएकि गीतकार कादम्बरीको दुइवटा, “सुशान्त को स्मृति ” र “कादम्बरी कुञ्ज” नामको गीति एल्बमहरु नीकै लोकप्रिय रहेकोछ, आधा दर्जन लोकप्रिय गीतहरूमा अभिनय गरीसक्नु भएकी कादम्बरी दाना श्रेष्ठ एक सफल तथा मिलनसार नारीको रुपमा इज़रायलमा चिनिन्छ।

राष्ट्रीय नेवा:खल: इज़रायल तथा पाथीभरा भक्ती समाज इजरायल कि बर्तमान सल्लाहकार नमस्ते नेपाल हातिमालो इजरायल कि आजिवन सदस्य हिमालय रेडियोको आजीवन सदस्य लगायत थूप्रै सामाजिक संघ संस्थामा आफ़नो दख़लता देखाई सक्नु भएको छ!

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ लाई भब्य रुपमा सम्पन्न गर्न यस अघि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा सफल बयबसायी तथा समाजसेबि ओम जुगजाली चयन भैसकेका छन अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरीको कलाकार हरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्धेश्य ले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक सुमन बूढ़ाले जानकारी गर्नू भएको छ ।

नेपाली गीतसंगीत लाई विदेशमा रहेको नेपाली यूबा हरूले नबिर्सयोस र अंतरष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशे डुंगा साबित हूनेछ

प्रतिक्रिया