नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार प्राप्त ,कन्चन पुरस्कार पाउने पहिलो नेपाली

इनेप्लिज २०७६ असार १८ गते ०:०३ मा प्रकाशित

 

डिसी । नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।

डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कन्चन अमात्य पहिलो नेपाली भएकी छिन । उनले सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरे वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । यो उच्चतम पुरस्कार युवा नेपाली युवतीलाई उनको सामाजिक कार्य र मानवीय प्रयासमा उनले गरेको भूमिकालाई प्रदान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको छ ।

 

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको छ । यस बर्ष उक्त डायना अवार्ड ( पुरस्कार )ले २० औ बार्षिकोत्सव मनाउने छ ।

डायना अवार्ड २०१९ मा कन्चनको प्रवेश संगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिवी बिरुद्ध कार्यकर्ता,मानव अधिकारबादी पक्षपोषक ,र सामाजिक उद्यमी ‘हु भनेर ब्याख्या गरेकी छिन ।

उनले उक्त पुरस्कारलाई स्वीकार गर्दै नया पुस्ताका नेपाली युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध छु र बिश्वमा यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ कसैले पनि शिक्षा र भोक बाट एकै दिन पनि बन्चित हुन् नपरोस भन्ने संदेश दिएकी छिन ।

नेपाल ललितपुर जावलाखेल घर भै हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन् ।

अमात्य विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको थियो । अमात्य महिलाको आर्थिक सशक्तिकरण सम्बन्धि युएन महिला बिश्व च्यामपियन(बिजेता)मा सेवारत छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावरमेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरि उनले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् ।

तस्बिर कृतज्ञता : दि डायना अवार्ड

प्रतिक्रिया