मेरो नशा नशामा संगीतको रगत बगेको छ भन्छिन यी चेली ! को हुन् यिनी ? (भिडियो सहित

इनेप्लिज २०७६ असार १८ गते ०:०२ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रमा निशु ढकाल एउटा छुट्टै फरक पहिचान बनाउन सफल भएकी पूर्वकी गायिका भनेर चिनिन्छिन। पछिल्लो समय निरन्तर सांगीतिक जगतमा रमेकी निशु भन्छिन उनी भजन गीत गाएर संगीत क्षेत्र प्रवेश गरेकी र अहिले बढी चाडपर्वका गीत लिएर दर्शकहरु माझ आइरहेकी छिन् ।

स्कटनेपालको एक बिशेष अन्तरबार्तामा उनले भनेकी छन मलाई बाबाले गीत गाउन सिकाउनुहुन्थ्यो सानै उमेर देखी। सायदै परिवारको सर्पोट न पाएको भए म आज जुन संगीतको माहोल डुबेकी छु त्यो सम्भब हुन् थिएन होला।

पछिल्लो समयमा निशु सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन नयाँ गीत म कहाँ थिए यस्तो बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् ।

उनि भन्छिन मैले सुरुमा बाबाका शब्दमा गीत गाएँ, काठमाडौं आएपछि आफ्नै शब्दमा गीत रेकर्ड गरें । अहिले जीवनसाथीको शब्द र संगीतमा गीत गाउने गरेकी छु ।

निशु ढकाल संगको सांगितिक माहोलमा डुबेर गरेको कुराकानी र उनको गित संगीतमा रुची लगायत अहिले सम्म कति गित गाइन सर्बाधिक दर्शकहरुले मन पराइ दिनु भएको गित हरु सहित हेरौ तलको यो बिशेष भिडियो ।

प्रतिक्रिया