प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मेयरद्वारा उदघाटन

इनेप्लिज २०७६ असार १७ गते २२:०४ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गढीमाई नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको मेयर श्यामप्रसाद यादवले एक समारोहबीच उदघाटन गरेका छन् । गढीमाई नगरपालिका कार्यालयको अगाडि रहेको सडकको खाल्डोलाई बेल्चाले पुर्दै मेयर यादवले कार्यक्रमको उदघाटन गरेका हुन् । नगरपालिका कार्यालयका प्रशासन शाखा प्रमुख नागेन्द्रप्रसाद यादवसित मिलेर मेयर यादवले कार्यक्रम संचालन गरेका छन् ।

नगरपालिकामा एक सय पचपन्न जनाले कार्यक्रमबाट लाभ उठाउने प्रशासन प्रमुख यादवले बताएका छन् । नगरपालिकाका विभिन्न कार्यक्रम गर्न स्वरोजगार कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास लिएको सो अवसरमा मेयर यादवले बताएका छन् ।

स्वरोजगार कार्यक्रममा सहभागीलाई विभिन्न किसिमका आवश्यक सामग्री प्रदान गर्नुका साथै पोसाक पनि प्रदान गरिएको छ । कार्यक्रममा सहभागीहरुमा निकै उत्साह देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया