अनेसास् अष्ट्रेलिया पर्थमा एडभान्स् मोटिभेसन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ असार १७ गते १८:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको आयोजनामा २३ जुन २०१९ मा युवा पुस्ता तथा बिद्यार्थीहरुलाई लक्षित गरि एक एडभान्स् मोटिभेसनल कार्यक्रम सम्पन्न भयो ।

रुपान्तरण पुस्तकका लेखक तथा उत्प्रेरक बक्ता रोमन मानबले मान्छेको स्वधर्म, देश, आमाको महत्व तथा जीवनलाई सफल बनाउने सम्यन्त्र बारेमा ठुलो मात्रामा उपश्थित स्थानिय नेपाली समुदाय माझ प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एल बि क्षेत्रीले हाम्रो धनि संस्कृतिलाई प्रवासमा पनि बिर्सनु नहुने तथा रोमन मानबको प्रस्तुति सफल रहेको जानकारी गराउनु भयो । कार्यक्रमका सभापति तथा अनेसास पर्थ च्याप्टरका अध्यक्ष निरज क्षेत्रीले यस प्रकारका कार्यक्रमबाट तिब्र गतिमा प्रवासमा बढिरहेको समाजमा देखा पर्न सक्ने विभिन्न प्रकारका मानवीय समस्याहरुलाई सम्बोधन गर्न सक्ने बताए ।

कार्यक्रमको सुरुवात रुपान्तरण पुस्तक तथा उत्त्प्रेरक रोमन मानबको संक्षिप्त परिचयबाट गरिएको थियो ।

लगभग तिन घण्टा चलेको कार्यक्रममा बिभिन्न गेम, वर्कसप, सम्भासन, उत्प्रेरक जागरण गीत, ध्यान र प्राणायामको माध्यम बाट आफ्नो मुल स्वरुप (स्वधर्म) चिनाउन र आफुभित्र अन्तर्निहित उर्जा बाहिर निकाल्न सहभागी लाई प्रेरित गरिएको थियो। विषयवस्तुहरु प्रस्तुत गर्दा चाहिने स्वर कलाको उत्तर चढाव र शारिरिक हाउभाउको प्रयोग अति नै प्रभावकारी ढंगमा प्रयोग गर्न दक्ष्य उनी सहभागीलाई क्षणमै भावुक बनाउन, क्षणमै हसाउन र सबैलाई भित्रैबाट उत्पेरित गर्न सफल देखिए ।

कार्यक्रम प्रस्तोता रोमन मानबले आफ्नो जीवनको संक्षिप्त सङ्घर्ष यात्रा समेत बताउँदै हरेक ब्यक्ति जीविकोपार्जन भन्दा माथि उठी एक अर्थपुर्ण जीवन जीउन प्रयत्नशील हुनुपर्नेमा जोड दिए। कार्यक्रममा अनेसास केन्द्रका महासचिव गणेश घिमिरे, स्थानिय बिभिन्न संघसंस्थाका पदाधिकारीहरु, बिद्यार्थी लगायत ठुलो मात्रामा स्वयंसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई नावा, एनआरएनए लगायत सबै स्थानिय संघ संस्थाहरुले सहयोग गरेका थिए ।

अन्त्यमा कार्यक्रम प्रस्तोता युवा उत्प्रेरक रोमन मानवलाई अनेसास पर्थको तर्फबाट मायाको चिनो दिएर कार्यक्रम समापन गरिएको थियो । रेड्क्लिफ कम्युनिटी सेन्टरमा भएको कार्यक्रम संस्थाका सदस्य शेखर घिमिरे तथा रम्भिका कार्कीले सन्चालन गरेका थिए ।

प्रतिक्रिया