श्रमशक्तिको सुमचित उपयोग हुने नीति र कार्यक्रम आवश्यक : प्रधानमन्त्री

इनेप्लिज २०७६ असार १७ गते ११:१४ मा प्रकाशित

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने किसिमको नीति र कार्ययोजना आवश्यक रहेको बताएको छ ।

पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे ।

‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर, बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन’ भने, ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहिँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको पनि बताए । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समयपछि परेको हो तर, अब यो अवस्थालामो समय रहँदैन ।’

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो ठूलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताए । ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर, जहाजको छेउमा पनि जान पाउँदैनन्’ उनले भने, ‘यस्तो अवस्थामाउसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीकाअवसर कहाँ छन् भनेर पहिचान गरेर मात्रशिक्षामालगानीगर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको बिश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन् दिनुपर्ने बताए ।

‘विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन् दिने काम बन्द गर्नुहोस’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया