तमु धि भर्जिनियाको बनभोज कार्यक्रममा जग्गा व्यवस्थापन समिति गठन भएको घोषणा

विजय थापा २०७६ असार १६ गते २३:०२ मा प्रकाशित

गत जुन ३० आइतबारका दिन भर्जिनियाको रेस्टन शहर स्थित प्रसिद्ध ‘लेक फेयर फ्याक्स पार्क’नामक बनभोज उद्यानमा तमु धि भर्जिनियाको प्रथम बनभोजमा संस्थाले जग्गा व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको छ ।

गत जुन ९ तारिख आइतबारका दिन ग्रेटर वाशिंगटन तमु समाजको ऐतिहासिक बार्षिक साधारणबाट तमु धी भर्जिनियामा परिणत भएको तमु धी ले पहिलो पटक बनभोजको आयोजना गरेको हो ।

‘हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा एवम संस्कृति ‘ भन्दै तमु धी भर्जिनिया ग्रीष्मकालिन बनभोजमा सबैलाई खुला रुपले निमन्त्रणा गरेको थियो । प्ये म्हस्या ल्हु म्ह्म ,ल्हु म्हस्या छ्या म्हम ,छया म्हस्या म्हि म्ह्म ‘ अर्थात् शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए परम्परा हराउछ ,परम्परा हराए मान्छे हराए ” भन्ने नारा सहित जन्मिएको संस्थाले आफ्नो जग्गा खरिद गर्ने हेतुले दिर्घकालिन परियोजना अघि सारेको छ ।

उक्त परियोजना ५ बर्ष भित्र पुरा गर्ने लक्ष्य लिएर अगाडी बढेको छ । उक्त जग्गा व्यवस्थापन समितिमा वर्तमान अध्यक्ष नन्द कुमार गुरुङको संयोजकतत्वमा ९ सदस्यीय समिति पनि गठन गरेको जनाएको छ ।

जग्गा व्यवस्थापन समिति गठनको घोषणाको साथै गुरुङ समुदाय लगायत सबै समुदायलाई हौशला र साथ दिन गुरुङले आग्रह गरेका छन् । गत आइतबार सम्पन्न बनभोजमा यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।

केही महिना अगाडी मात्र स्थापना भएको तमु धि भर्जिनियाको नयाँ कार्यकारी समिति गठन भए पछि पहिलो पटक गृष्मकालिन बनभोजको आयोजना गरि प्रथम कार्यक्रमको थालनी गरेको छ ।

नयाँ कार्यकारी समिति संगै समाजमा राम्रा कार्यक्रम लिएर आउने संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले बताए । जग्गा व्यवस्थापन समिति गठन को जानकारी साथै बिगतमा झैँ यस पटक पनि गृष्मकालीन बनभोजलाई निरन्तरता दिएको बताए ।

गुरुङले अगाडी भने बनभोजमा समुदाय सदस्य बीच चिनजान हुने ,आपसी सद्भाव बढ्ने, पुरानो सम्बन्ध नवीकरण हुने ,एक आपसमा रहेको मित्रता पुनर्ताजगी हुने ,भेटघाट हुने ,दोश्रो पुस्ताहरु बीच भेटघाट र चिनजान हुने,उनीहरुले यसको महत्व बुझ्ने कारणले बनभोजको आयोजना गरिएको बताए ।

बनभोजमा महिलाहरुले डोरी तान्ने खेलको आयोजना गरिएको थियो भने बालबालिकाहरु आफ्ना मन परेका खेलमा मस्त रहेका थिए । बनभोजमा मुख्य नेपाली सेलरोटी,कुखुराको सेकेको मासु ,चना ,विभिन्न परिकारका नेपाली खानेकुराहरु निशुल्क खुवाइएको थियो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया