स्वस्थ सम्बन्ध कस्तो हुन्छ हुनुपर्छ !

इनेप्लिज २०७६ असार १६ गते २२:१६ मा प्रकाशित

के कुराले हाम्रो सम्बन्धलाई राम्रो बनाउँछ भन्ने जान्नु निकै महत्वपूर्ण कुरा हो किनकी खास गरि हामीले स्वस्थ सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा थाह पायौं भने हामी अस्वस्थ्य सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा पनि थाह पाउन सक्छौं र यसको परिणाम स्वरूप, हामी दुर्व्यवहार रोक्न सक्छौं । हरेक प्रकारका सम्बन्धमा शक्तिको हरेक प्रकारको बाँडफाँट हुन्छ । हाम्रो सम्बन्ध स्वस्थ्य छ भने सम्बन्धका सबै पक्षहरू शक्तिको अभ्यास गर्न सक्छन् । यस्तो खालको सम्बन्धमा एक जना व्यक्तिले मात्र शक्तिको अभ्यास गर्न पाउँदैन । स्वस्थ सम्बन्ध भित्र खुला सञ्चार, एक अर्काका सीमाहरूको सम्मान, उत्तरदायित्वको बाँडफाँट, एक अर्का प्रतिको विश्वास र समर्थन, उचित व्यवहार, छलफल र इमान्दारिता र जवाफदेहिता समावेश हुन्छन्।

सम्बन्धहरू पूर्ण कहिल्यै हुँदैनन् । तर हरेक सम्बन्धले हामीलाई सुखद महसुस गराउनु पर्छ, हामी भित्र लुकेको प्रतिभालाई बाहिर निकाल्न सक्नु पर्छ । सम्बन्धको कारणले हामीले नराम्रो महसुस गर्नु हुँदैन । हाम्रो सम्बन्ध दुबै जनाको सुविधा अनुरुप गतिमा अगाडि बढ्नु पर्छ । कसैलाई पनि कुनै कुरा गर्न हतार लगाउनु वा दबाब दिनु वा कसैले पनि यस्तो महसुस गर्नु हुँदैन ।  हाम्रो क्रियाकलापको कारणले हुने परिवर्तनले हामी दुबै जनालाई खुसी र उत्साहित बनाउनु पर्छ । त्यस्तै,  हामी हाम्रो सम्बन्धमा बिना कुनै असहजता खुला हुन र सत्य बोल्न सक्नु पर्छ । अझ महत्वपूर्ण कुरो- हामी एक अर्कासँग आफूलाई के सम्झेलान् वा कस्तो प्रतिक्रिया आउला भन्ने कुनै डर वा असहजपना बिना कुनै कुराको बारेमा खुलेर गफ गर्न सक्नु पर्छ । हामीले बोलेका कुरामा असहमत भए पनि  हाम्रो साथीले हाम्रो बिचारको कदर गर्नु पर्छ । हामीलाई कुनै कुरा लुकाउनु पर्छ जस्तो लाग्नु हुँदैन ।

हामी सम्बन्धमा हुँदा यी कुराहरूका बारेमा विचार गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ र अझ महत्वपूर्ण कुरा, हामीले स्वस्थ्य सम्बन्धका बारेमा र हाम्रा साथीभाइ नातागोताबाट हामी के चाहन्छौं भन्ने बारेमा सोच्ने पर्छ । DVRP सहयोगको आवश्यकता भएका एसियाली/प्रशान्त आइल्याण्डर समुदायको हितमा काम गर्छ । हामी तपाईंका आवश्यकताहरू सुनेर तपाईंलाई तपाईंको संस्कृति र भाषा बुझ्ने तालिम प्राप्त केस व्यवस्थापकहरूसँग जोडिन मद्दत गर्छौं । हामीले दिने सबै सेवाहरू निःशुल्क र गोपनीय हुन्छ । अतः तपाईं सानो भन्दा सानो कुराको लागि  वा प्रश्न सोध्न मात्र भए पनि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ ।

एसियाली/प्रशान्तआइल्याण्डर घरेलु हिंसासम्बन्धी श्रोत परियोजना

हटलाइन (202)-833-2233

सोमवार-बिहीवार: बिहान ९- साँझ ६ :३ ०

शुक्रबार: बिहान ९ – साँझ ६

https://dvrp.org

[email protected]

प्रतिक्रिया