शनिबार, असोज ३० २०७८
काठमाडौं १४:५७
वासिङटन डिसी 05:12

दोश्रो युएस – नेपाल बाल प्रतिभा प्रतियोगिता समपन्न; को को बिजेता भए

इनेप्लिज २०७६ असार १६ गते १६:५१ मा प्रकाशित

गत जुन २९, २०१९ का दिन एन एण्ड जे ईन्टरटेनमेन्ट न्युयोर्क ईन्कको आयोजनामा दोश्रो युएस – नेपाल बाल प्रतिभा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम सञ्चारकर्मी हरि शरण लामिछानेको प्रमुख आतिथ्य र कमला प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बिक्की पुलामीले सञ्चालन गरेका थिए।

नेपाली र अमेरिकन राष्ट्रीय गीत प्रतियोगी बालबालिकाहरूबाट गाएर कार्यक्रम शुरू भएको थियो भने गायक अभय ढुगेलले भजन शिरोमणी भक्तराज आचार्यद्वारा स्वरवद्ध गीत “जहॉ छन् बुद्धका ऑखा”बाट माहौल तताएका थिए।

कार्यक्रममा ५ देखि १० बर्ष उमेरका र ११ देखि १६ बर्ष उमेरका गरी दुई उमेर समूह बिच प्रतिष्पर्धा गरिएको थियो।

साहित्यतर्फ ५-१० बर्ष समूहका साकिरा रिमाल प्रथम र कविन बिक्रम शाह द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका ईप्सन सेढाईं प्रथम र अनुभव गौतम द्वितीय भएका थिए।

नृत्यतर्फ ५-१० बर्ष समूहका शुभेक्षा नेपाल प्रथम र साम्राज्ञी रोक्का द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका रिन्चेन योञ्जन तामाङ्ग प्रथम र बिनिता हमाल द्वितीय भएका थिए।

गायनतर्फ ५-१० बर्ष समूहका श्रृषा शाक्य प्रथम र यशिला महर्जन द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका अर्मानी महर्जन प्रथम र बबिता पौडेल द्वितीय भएका थिए।

कार्यक्रममा सहभागी सबै प्रतियोगीहरूलाई सान्त्वना स्वरूप प्रमाण-पत्र बितरण गरिएको थियो। बालबालिकाहरूमा उक्त कार्यक्रमले सकारात्मक रूपले तरङ्गित बनाएको थियो।

प्रतिक्रिया