स्थानीय सरकारबारे गोष्ठी

इनेप्लिज २०७६ असार १६ गते ११:५० मा प्रकाशित

काठमाडौं, असार १६ गते । ‘स्थानीय सरकार कति सबल ?’ भन्ने विषयमा राजधानीमा एकदिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

स्थानीय शासन र सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) र विकास पत्रकार मञ्च, नेपालको संयुक्त आयोजनामा सोमबार आयोजित उक्त गोष्ठीमा तीन जना विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गर्नुभयो ।

विज्ञ पुरुषोत्तम नेपालले स्थानीय सरकारको वित्तीय अवस्था, पत्रकार शिव गाउँलेले स्थानीय सरकारबारे खोज पत्रकारिता र नेपाल सरकारको पूर्वसहसचिव बसन्तराज गौतमले स्थानीय सरकारको सुशासन विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँहरुको कार्यपत्रमाथि क्रमशः संघीयतामा पीएचडी गर्दै आउनुभएका चेतनाथ कँडेल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापा र नेपाल सरकारको स्थानीय स्वशासन विज्ञ तथा पूर्वसहसचिव खेमराज नेपालले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया