NRN को नेपाल भ्रमण र पर्यटन बर्ष २०२० !

महेश भट्टराई २०७६ असार १४ गते १२:२४ मा प्रकाशित


हामीहरू आफ्नो ब्यस्त समय निकालेर बिदेशबाट नेपालमा परिबार, आफन्त र साथीहरू भेटघाटको लागि जान्छौ । हाम्रो धेरै जसो समय भेटघाट र खानपिन मै बिताउने गर्छौ ।

समय र अनुभव संगै हामीहरू हाम्रो सोच, बिचार र ब्यबहारमा परिबर्तन हुन जरूरि छ।भने जस्तो सजिलो पक्कै छैन तर इच्छा र चाहना भए अशंभव पनि होइन ।

हामीहरू राम्ररी संचार, समय ब्यबस्थापन र पूर्ब योजना बनाएर गएमा हामी भेटघाटको साथै परिवार संग बिभिन्न ठाऊमा गुमघाम पनि गर्न सक्छौ ।

बाबुआमा लाई दुई चार हजार हातमा राखेर फर्कनु भन्दा दुई चार ठाऊ घुमाएर आइयो भने बाबुआमा र परिबार संगै घुम्न पाइने अवशर जुट्छ। जुन घर घरमा गन्थन गरेर बिताएको समय भन्दा निक्कै महत्व र यादगार समेत हुनेछ। अर्को तिर आन्तरिक पर्यटनको समेत परबर्धन हुनेछ।

पर्यटकिय ठाऊहरू :

1.Kathmandu – palace, museum, Chandragiri cable car, Sanga Shivaji, Nagarkot
2. Pokhara -Phewa/ Begnas Lake
3. Annapurna view points
4. Manakamana – cable car
5. Muktinath
6. Manang and Mustang
7. Chitawon National park
8. Lumbini
9. Palpa- Ridi, Shreenagar,Bhirabesthan
10. Janakapur janaki Temple
11. Dharan, Dhankuta
12.ilam Tea Bagan
13. New Tourism places
14. … बाबुआमाको रोजाईको क्षेत्र धाम वा मन्दिर
टिप्स :

  1. काठमाडौको भए जिल्ला वा बाबुआमा जन्मेको गाऊ तिर र जिल्लाबासी भए काठमांडौ,पोखरा घुमाउन लानुस ।
    2. आफन्त कहां बस्ने भए कहा, बस्ने कति दिन र समय फोनमा पूर्व जानकारी दिनुस ।
    3. ठुलो परिबार र बाबुआमा सहमत भए भए होटलमा राख्नुस ।सहज र समय बचत हुन्छ ।
    4. कसै कहॉ खान जादै हुनुहुन्छ भने कति जना, मासंहारी वा शाकाहारी, बाबुआमाको खानकी को बारेमा पूर्व स्पष्ट जानकारी गराउनुस ।
    5. अनुमान र आशाको भरमा योजना नबनाउनुस !
    6. बिदेशमा जस्तै गाडी घन्टा, दिन, हप्ता र प्याकेज सबै जसो सुबिधा पाइने हुनाले अरूको आश र हात नजोड्नुस । बरू खोजि गर्नुस ।
    7. योजना बनाउदा बाबुआमा र परिबारको इच्छा र आकाक्षा लाई प्राथमिकतामा राख्नुस ।
    8. एक एक दिन आफन्त र साथीभाईको खान जाने आउने गरेर समय नष्ट गर्नु सट्टा सबै लाई एक मुष्ट एकै ठाऊमा भेट्ने योजना बनाउनुस ।

हामीहरू बिदेश बाट जादै गर्दा समय निकै कम र टाइट हुन्छ । धेरै समय भेटघाट र खानपिन मै जाने गर्छ । हप्तामा एक दिन शनिबार सबैले दिने समय ।

नेपालमा बस्ने आफन्त र साथीभाई हरू सबै लाई बिनम्र अनुरोध 🙏

बिदेशबाट गएका हरू लाई सबै संग भेटघाट गर्ने उत्कृष्ट इच्छा र चाहना हुन्छ। तर समय निकै कम र ब्यस्तता हुन्छ । कृपया यो समस्या बुझेर हजूरहरू कष्ट नमानी हामीहरू लाई भेट्न आई दिनु भएमा हामीहरू अनुग्रहित हुने थियौ । कुरा ठुलो सानो वा कुरा बिदेशीको हैन समयको महत्वको हो । के हजूरहरू बिदेश आउदा हामीहरूले पनि त्यसै ब्यबहार गरोस भन्ने चाहनु हुन्छ ?

सात परिवार वा साथी लाई भेट्न हजूरहरू प्रत्येकले केहि घन्टा वा एक दिन दिए पुग्छ तर एक बिदेशीको सात दिन जान्छ भन्ने कुरा राम्ररी बुझि दिनु होला । साधनको समस्या र धुलो धुवाको समस्या त्यस माथि छदैछ ।

कम्तिमा पनि बिदेश बसेर,घुमेर, देखेर गएका वा नेपाल मै बस्ने हरूले पनि अरूको कुरा सुनेर समयको महत्व बुझेर ब्यबहार गरि दिनु भए कति राम्रो हुने थियो !

सबै नेपाल जाऔ ! संगै बसौ ! संगौ घुमौ ! संगौ रमाऔ !
नेपाल पर्यटन बर्ष सफल पारौ !

प्रतिक्रिया