सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:१३
वासिङटन डिसी 13:28

डिसी मेट्रो सप्ताहको छैठौ दिन १३ लाख ८० हजार डलर संकलन

इनेप्लिज २०७६ असार १४ गते ९:४७ मा प्रकाशित

डिसी । डिसी मेट्रो सप्ताह वाचनको छैठौ दिन सम्ममा १३ लाख ८० हजारको चन्दा संकलन भएको छ । सप्ताहको छैठो दिन शुक्रबार आयोजकले सार्वजनिक रुपमा उक्त जानकारी गराएका हुन् ।

हाल सम्म ५ सय ४७ जनाले दिएको चन्दा दान बाट उक्त रकम उठेको हो । गत बिहिबार जुन २७ का दिन अभियन्ता तथा व्यवसायी प्रेम भण्डारी ले ५० हजार डलर चन्दा दान गरेर अहिले सम्म कै सर्वाधिक ठुलो धनराशीको चन्दा दिनु भएको छ । उक्त रकम संगै वहा पहिलो संरक्षक बन्नु भएको थियो ।

यसै गरि गत जुन २८ का शुक्रबारका दिन सप्ताहमा अहम भूमिका निर्वाह गर्ने चिकित्सक मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिइसक्नु भएको भएता पनि एक मिलियन (१० लाख )भन्दा माथि चन्दा संकलन भएमा दोब्बर बनाउने प्रतिबद्धता अनुसार ४० हजार दान गरि संरक्षक बन्नु भएको छ ।

यसै गरि समाज सेवी तथा एएनए का वर्तमान अध्यक्ष मेदिनी अधिकारी तथा लेखा परीक्षक हरि शर्मा पनि संरक्षक बन्नु भएको छ । संरक्षक बने पनि सप्ताहमा श्रद्धालु भक्तजनले बोकेर सम्मान गरेका थिए । संरक्षक बन्ने सबैले पण्डित दिनबन्धु पोखरेल लगायत समुदाय प्रति कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

४० हजार डलर दान गरि संरक्षक बन्ने सबैले भविष्यमा अझ चाहिएमा सहयोग गर्न सकिने बताउनु भएको थियो । डिसी मेट्रो सप्ताहको आयोजना उतर भर्जिनियामा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले गरिएको हो । सप्ताह जुन २९ शनिबारसम्म चल्ने छ ।

सप्ताहका मुख्य आकर्षणको रुपमा वाचन प्रवीण दीनबन्धु पोखरेलले दिनको १ बजेदेखि वेलुका ८:३० सम्म नियमित रुपमा महापुराणको प्रवचन दिइरहनु भएको छ । पंडित पोखरेलले बैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरीकाले प्रस्तुत गरिरहनु भएको छ ।

डिसी मेट्रो सप्ताह जुन २२ देखि जुन २९ सम्म चल्ने छ । जुन २२ का दिन कलस यात्रा गरिएको थियो ।

Donor List for media June 28, 2डोनर हरुको नाम हेर्न यहा थिछ्नुहोस 019

प्रतिक्रिया