‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

इनेप्लिज २०७६ असार १३ गते १३:४१ मा प्रकाशित

नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ ।  गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले जानकारि दिए । गितमा ९ जना लोक गाएक गायिकाले स्वर दिएका छन् ।

जसमा पुरुष तर्फ चर्चित लोक गाएकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ । ‘लाग्यो असार’ गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज  भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जिवन वडु, रेर्कष्टि मनोज डङगोलले गरेका हनु भने बिग परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

हेरुका लामाको नृत्य निर्देशन रहेको गितमा कलाकार रश्मि भट्ट, योगराज दाहाल, सरोज दाहाल, हेरुका लामा, बिषाल ढकाल, विवेक चौलागाई, आयुष्मा कार्कि, रितु तामाङ, आर्या बस्नेत, सुजता भट्टले अभिनय गरेका छन् ।  गितको छायाँकन तथा ड्रोन रोनिश तामाङ, भिडियो सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, कला राजाराम गौतम, मेक अप शर्मिला सुनवार, सहायक नृत्य निर्देशन राजाराम सिंखडाले गरेका छन् । अर्गज लोक गाएक मच्चेश्वर सापकोटा र सरस्वति सापकोटाको परिकल्पनामा यो गीत तयार पारिएको प्रभावनजेले जानकारि दिए ।

डि.ए.आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको छ ।  ‘लाग्यो असार’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट श्रोता तथा दर्शकमाझ लेराईएको छ ।

गीतको भिडियो तलको लिंकमा रहेको छ ।

 

प्रतिक्रिया