डिसी मेट्रो सप्ताहलाई अभियन्ता प्रेम भण्डारी परिवारले दिए ५० हजार डलर दान

इनेप्लिज २०७६ असार १३ गते १०:४६ मा प्रकाशित

डिसी मेट्रो सप्ताह २०१९ को पाचौ दिन वरिष्ट अभियन्ता तथा ब्यवसायी प्रेम भण्डारी परिवारले ५० हजार डलर दान दिएका छन् । । गत जुन २२ देखि २९ सम्म चल्ने डिसी मेट्रो सप्ताह २०१९ को पाचौ दिन भण्डारी दम्पत्तिले अहिले सम्म कै सर्वाधिक ठूलो दान ५० हजार डलर गरेका हुन् ।

नेपालमा पेशाले अभियन्ता रहेका भण्डारी भर्जिनियाको साउथ राइडिंगमा बसोबास परिवार साथ बस्दछन । उनले उक्त दान दिने क्रममा डिसी महानगर क्षेत्रमा बिगत १० बर्ष देखि नै सामुदायिक भवन निर्माण गर्न यसको चर्चा परिचर्चा र नसकेको अवस्थामा मैले समुदायको उत्साह र गोलबद्ध भएको देखे पछि आँट गरेको बताए ।

भण्डारी वरिष्ठ ईन्जिनियर (अभियन्ता ) हुन् भने उनको कुल होम नामक ब्यबसाय छ । भण्डारी निर्माण ब्यबसायी हुन् भने साथै यस भेकमा उद्यमीको रुपमा उदाउदो ब्यबसायी हुन् । उनले दान दिंदा उनका साथमा उनि पत्नी भवानी भण्डारी ,उनका जेष्ठ सुपुत्र सगुन भण्डारी तथा उनकी जीवन संगिनी मिनाक्षी राना तथा उनका कान्छा सुपुत्र रौनक भण्डारी उपस्थित रहेका थिए । उक्त घोषणा गर्दा उनकी सुपुत्री स्वोकिया भण्डारी अनुपस्थित रहेकी थिइन् ।

प्रेम भण्डारी ले ५० हजार दान दिने घोषणा हुँदा सप्ताह कक्षमा कर्तल ध्वनि साथ गुन्जायमान भएको थियो । उनलाई श्रद्धालु भक्तजनहरुले उक्त सप्ताह कक्षमा बोकेर घुमाएका थिए । उनले आवस्यक परे अझ पनि सहयोग गर्न सकिने पनि बताएका थिए ।

प्रतिक्रिया