डिसी सप्ताहले उठायो १० लाख (एक मिलियन) २५ हजार डलर

इनेप्लिज २०७६ असार १३ गते ९:४७ मा प्रकाशित

 

वाशिंगटन डिसी। डिसी मेट्रो सप्ताह वाचनको पॉचौं दिनसम्ममा १० लाख २५ हजारको चन्दा संकलन भएको आयोजकहरुले जानकारी दिएका छन ।यो रकम जम्मा ३ सय ९९ जना दाताहरुबाट जुटेको हो । चन्दा ओइरिएको देख्दा उत्तर भर्जिनिया क्षेत्रमा अव सामुदायिक भवन बन्ने कुरामा कुनै शंका नरहेको महसूस भएको छ ।

डिसी मेट्रो सप्ताहको आयोजना उतर भर्जिनियामा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले गरिएको हो । सप्ताह आगामी जुन २९ शनिबारसम्म चल्ने छ । हरेक दिन कम्तिमा पनि २ लाख डलरसम्मको दान सहयोग जुटिरहेको बताईएको छ ।

सप्ताहका मुख्य आकर्षणको रुपमा वाचन प्रवीण दीनबन्धु पोखरेलले दिनको १ बजेदेखि वेलुका ८:३० सम्म नियमित रुपमा महापुराणको प्रवचन दिइरहनु भएको छ । पंडित पोखरेलले बैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरीकाले प्रस्तुत गरिरहनु भएको छ ।

बिहीबारसम्ममा सवैभन्दा ठूलो रकम ५० हजार डलर सहयोग गरेर ईन्जिनियर एवं अमेरिकी निर्माण ब्यवसायी प्रेम भण्डारी तथा भवानी भण्डारीले कीर्तिमान राख्दै नेपाल अमेरिका सामुदायिक केन्द्र(एनएसीसी)को संरक्षक बन्नुभएको छ ।

यसअघि भर्जिनिया फेयरफ्याक्स क्षेत्रमा ब्यबसाय गर्दै आउनु भएका हरि अधिकारी जोडीले ४० हजारको सहयोग गरेर नेपाल अमेरिका सामुदायिक केन्द्र(एनएसीसी)को पहिलो संरक्षक बन्नु भएको छ ।

त्यसै गरी डा. मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिइसक्नु भएको भएतापनि एक मिलियनभन्दा माथि चन्दा संकलन भएमा डबल बनाउने बचन दिनु भए बमोजिम भोलि ४० हजार पुर्याउनु हुनेछ ।

यस्तै आज अत्यधिक मात्रामा फाउन्डिंग मेम्बर र ट्रष्टी बनेका छन । सवै सदस्यहरुको सदस्यता र दान सम्बन्धी पूर्ण विवरण यसै साथ संलग्न गरिएको छ ।

यो हेर्न यहाँ थिच्नु होला :

Donor List for Media June 27. 2019

प्रतिक्रिया