सत्यमेव जयते – श्रीमद भागवात पुराणको सप्ताह यज्ञ डिसी महानगर क्षेत्रमा ।

डिग बहादुर तामाङ्ग मेरिल्याण्ड, अमेरिका । २०७६ असार १२ गते १२:१९ मा प्रकाशित

 

बिश्वभर छरेर रहेका करिब एक अरब आठ कारोड हिन्दुहरुको पवित्र धर्मग्रन्थहरु मध्ये श्रीमद भागवात पुराण पनि एक हुन ।यस ग्रन्थलाई बाचन गर्न गराउन समस्त बेदहरु, रामायण, महाभारत तथा विभिन्न पुराणहरुको ज्ञातले मात्रै गर्न सक्ने भएकोले पण्डितको नेतृत्वमा यज्ञको शुरुवात शुभ साइतलाई लिएर थालनी हुन्छ । पहिले नेपालमा गाँउघरमा हुनेखानेले अथवा आर्थिकरुपले सम्पन्न व्यक्तिरुले मात्रै सप्ताह लाउने गरिन्थ्यो । श्रीकृष्ण भगवानले दिइएको शिक्षानुसार ११ वटा विभिन्न प्रकारका यज्ञहरु मध्ये नम्बर ६ को यज्ञ गरिन्छ, आर्थिक कोष संकलनका लागि गरिन्छ ।

व्ययज्ञास्तपोयज्ञा योगयज्ञा ( द्रव्ययज्ञाः , तपोयज्ञ, योगयज्ञ स्वाध्यायज्ञानयज्ञाश्च ( स्वाध्याय ज्ञानयज्ञाश्च। यज्ञ हवनको देवपूजा, दान, संगतिकरण (संगठन) अर्थउपरजणको लागि (कुनै योजनाका लागि आर्थिक कोषका लागि रकम संकलनंं ) भवन कृतन , आरातीहरु जुन माहौलले मान शान्ति ल्याउछ, आनन्द महूसुस गराउँछ, त्यहिनै  मोक्ष प्राप्त भएको भान हुन्छ मनमा ।

हालै आएर निस्वार्थभावले महानगरवासी अथवा मेरिल्याण्ड, डिसी भर्जिनियाका नेपालीहरुले एउटा त्यस्तो राजनीतिक विहिन एउटो योजनाको परिकल्पना गरियो । अमेरिकाको राजधानी वासींगटन डिसी क्षेत्रभित्र मानव जीवनको लागि अतिनै महत्वपूर्ण योजनाको थालनी भएको छ । एउटा नेपाल होस् (नेपालीं ) नेपाली सेन्टर र मानव जीवनमा नभै नहुने समसान घाट बोलिचालिको भाषामा भन्नु पर्दा अन्तिम संस्कार घरको योजना लिएर बनाउन नेपाली सामुदायिक भवन बनाउनका लागि गत शनिवारदेखि शुरु गरिएको सप्ताहमा करिब नौ लाख डलर उठिसकेको छ भन्ने खबर आज विहाना डा गोपाल रेग्मीज्यूबाट सुनियो समाजका लागि अतिनै उत्साह र उमंगले नै यत्तिका ठूलो धनको राशि दानको स्वरुपमा आएको आयोजकहरु बधाई पात्र बन्नु भएको छ । बुष्टिजम (बुद्धिष्ट ) या हिन्दुजममा (हिन्दुहरु) दानको ठूलो महत्व छन ।

महाभारतको अनुसार राजा परीक्षित अर्जुनको छोरा जस्लाई अभिमन्यु पनि भनिन्थ्यो जस्लाई आमाको गर्भमै ब्रह्मास्त्र परिक्ष। गरेर मार्न लगाइएको थियो ।यो घटना योगेश्वर श्रीकृष्णले आफनो योगबलले बालकलाई जीवित बनाए त्यस उप्रान्त परीक्षित भएर परिचित भयो । राजा शिकार खेल्न बनमा रथलिएर गएको हुन्छन , बाटोमा कलियुगसंग भेट हुन्छ । राजाले हाम्रो कुरु राज्यमा तिमीलाई स्वागत छैन मैले चार स्थानमा तिमीलाई बास दिन सक्छु  भनेपछि कलियुगले कुन ठाँउ महाराज भनेर सोध्छन् । राजाले भन्छन तिम्रो बास, बारामासे खेल्ने ठाउ आजको सभ्यभाषामा क्यासिनो, भट्टि सभ्यभाषामा मधुशाला,नगरबधुशाला हिंसा त्यस पछि थप माग अनुसार सुनमा बास पाउने हुकुम अनुसार राजाको मुकुटमा बास पाएपछि कलियुगको सुरुवात भयो ।

राजा एकलै जंगलमा शिकारको खोजि गर्दै जाँदा भोग र प्यासले ब्याकूल हन्छन ।

कहि भोग र प्यास मेटाउने स्थान पाँउलाकि भनेर हिंडदै जाँदा, एउटा ऋशि गहिरो ध्यानमा बसेको हुन्छ राजाले बोलेको शव्दहरु ऋशिले नसुने झै गरेको भान भए जस्तो लागेर राजा रिसले चुर हुन्छन र छेउको जमिनमा मरेको साँप देख्छन र राजाले धनुको काढले उठाएर रिशिको गलामा माला झै लगाएर जान्छ । नाथे रिशि भयो भन्दैमा मेरो भोग र प्यासको ख्याल नगर्नेलाई भनेर फरिन्छ । रिशिको छोरा कोपशील श्रृंगी बाहिरा गएर फर्किदा उनको बाबु ऋशिलाई राजा परीक्षितले यसरी अपमान गरेरको थाह पाएपछि, यो अपमान सहन नसकि उनले हातमा जललिइ आजको सातदिनमा “तिम्रो सर्पले डसी मृत्युबरण गर्न परोस” सराप दिए । सर्पको डसाईबाट जोगिन राजाले ठूलो पिलर लगाएर राजधर्बाको निर्माण गर्न लगाए तर क्याशब ऋशिलेजोगाउन जाँदा बाटोमानै धनको लोभ देखाएर फर्काए अन्तत परीक्षित राजा ६० बर्षको उमेर फूलको डालीबाट निस्केको साँपको बच्च।ले डसेर मृत्यू भयो त्यसैले यसलाई सप्ताह भनिएको हो । यस कथालाई भगवान कृष्णलाई सर्वपरी स्थान दिएर भक्तिमार्गमा डो¥याँउछन् भने बुष्टहरुले वाचन गरेको पवित्र पुस्ताका अबलोगेश्वरालाई मूख्य भगवान सम्झेर पूजा गरिन्छ ।

बौद्धमार्गीहरुले पनि भागवात पुराण झै पढाउने र बाचन गर्ने विधिलाई दोमाङ्गढोबा भन्छ

त्यस्तै टिब्यतन बुद्धिजम पनि यस्तै खाले कथा छन् जस्लाई दोमाङ्गको धार्मिक ग्रन्थलाई सात दिन सम्म वाचनगरी साङ्ग्य गरेर समाप्त गरिन्छ । यस कथाको सार पनि जारा परीक्षितको भन्दा केहि फरक छैन, खाली भाषा र अनुष्ठान अबधीमात्रै फरक होला । धारणी सुत्र कालीदासपूर्व संस्कृत विद्धान आश्वघोष संस्कृत भाषामा लेखिएका कुमारजीवाले चिनिया र तिव्वेतिन भाषामा अनुबादित सुत्रमा पनि यस्तै कथा लेखिएका छन् जस्लाई हाम्रो छ्योइ भाषामा अथवा पवित्र ग्रन्थमा दोमाङ्ग भनिन्छ । यस पवित्र ग्रन्थको सार यसरी लेखिएको छ “ देवपुत्र सुस्टीलाई कानमा देवबाणी भयो देवपुत्र तिम्रो बाच्ने दिन खाली सात दिन मात्र बाँकि” यो बाणाीले ठूलो चिन्त्तित पार्छ देवपुत्रलाई । सातौ जुनीसम्म जम्बुद्धिपको पूर्विखण्डमा नर्कमा सुँगुर, कुकुर सर्प, स्याल, बाँदर, अजिंगार , कागको जुनि लिए पछि मात्र मानिसको जन्म भएतापनि हातखुट्ट नचल्ने अन्धो भएर जन्मिने छौ भन्ने देववाणी पाएपछि उनि तथागते अराहत्र्ते सम्याक सम्बूष्द्धको पाउमा गएर होम दान गर्छन भन्ने धाराणी सुत्रमा लेखिएको पवित्र ज्ञानको सम्बाद दोमाङ्गमा लेखिएको छ । हामी बौद्धमर्गीहरु यस पवित्र ग्रन्थ सात दिन सम्म पुरोहित लामा लगाएर श्रावण गर्ने कार्यलाई दोमाङ्ग ढोबा भन्छौं ।

हाम्रो आयू सालाखाला ७० बर्षको भनौ न हामीले सबैखाले जीवन भोगि सकेका छौं अबको जीवन भने शान्तिसंग आनन्द मनले दान दक्षिणा गरेर हाम्रो कामका लागि होष्टेमा हैँसे गरेर केहि भेदभाव नराखी, आफूले सक्ने स्वइच्छा दान गरेर समाजको राम्रो थालानीको जगलाई सक्के ईटा थपेर सहयोग गर्न आवश्यक छ ।

स्रोतहरु भागवात पुराण तथा दोमाङ्ग

डिग बहादुर तामाङ्ग

मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया