आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:३९
वासिङटन डिसी 14:54

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

इनेप्लिज २०७६ असार १२ गते १:३९ मा प्रकाशित

 

 

वाशिंगटन डिसी । डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ संकलन भएको आयोजकहरुले जानकारी दिएका छन । जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर ( उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रष्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको बुझिएको छ ।

 

डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५५ जनाले सहयोग गर्नु भएको छ । स्मरणीय छ डिसी मेट्रो क्षेत्रमा १० हजार भन्दा बढी घरधुरी नेपालीहरु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया