आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०२:५३
वासिङटन डिसी 17:08

डिसी मेट्रो सप्ताहमा कमल पोखरेल तथा शोभा पोखरेल जोडी बने बेनेफ्याक्टर(उपकारी )सदस्य

इनेप्लिज २०७६ असार १२ गते ०:१५ मा प्रकाशित

भर्जिनिया सेन्टरभिलका युवा समाज सेवी कमल पोखरेल तथा शोभा पोखरेलको जोडी बेनेफ्याक्टर(उपकारी )सदस्य बनेका छन् । उनले पहिला गुठियार सदस्य मात्र बन्ने घोषणा गरेका थिए ।

बेनेफ्याक्टर सदस्य बन्न १२ हजार डलर तोकिएको छ भने डिसी मेट्रो सप्ताह सम्म प्रतिबद्धताको साथै केही रकम दिनु पर्ने समेत भएकोले उपकारी (बेनेफ्याक्टर) सदस्य बनेका हुन् । गुठियार सदस्य बन्ने क्रममा उनले छोटो कुरा राखेका थिए । पोखरेलले आफुलाई अति माया गर्ने र आफूले पनि माया गर्ने स्व हजुर आमालाई स्मरण गरेका थिए ।
पोखरेल डिसी नेपाली समाजका सचिव हुन् भने अन्य सामाजिक क्रियाकलापमा सक्रिय छन । उनले डिसी मेट्रो सप्ताह २०१९ मा सुरु देखि नै सक्रिय भूमिका निर्वाह गरि रहेका छन् । उनले आफ्ना कुराहरु राख्ने क्रममा सानो व्यवसाय संचालन गरेको भन्दै कुनै पनि हालतमा सामुदायिक भवन बन्नु पर्छ भन्दै जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।

आफू बेनेफ्याक्टर (उपकारी) सदस्य बने पछि अब यस क्षेत्रमा सामुदायिक भवन बन्ने पक्का छ भन्दै हर्ष व्यक्त गरेका छन् । समुदायको एकता,जोश र जाँगर देखे पछि समुदायले आँट गरे पछि के चाही नहुने रहेछ भन्दै समुदायका सबैलाई यस महान अभियानमा साथ दिन आग्रह समेत गरेका छन ।

उनले भने लामो समय देखि यस क्षेत्रमा कसरी सामुदायिक भवन बनाउन सकिएला भन्ने चिन्ता आफूमा पनि रहेको उनले बताए । उनले अगाडी भने अब हामीले कल्पना गरेको चिज छिट्टै प्राप्त गर्ने भएकोले यस अभियानको एक हिस्सामा आफू पनि परेकोमा गर्व लागेको बताए ।

पोखरेल दम्पत्ति लगायतले १२ हजार डलरको सहयोग गरेर बेनेफ्याक्टर(उपकारी) सदस्य बन्नेहरुमा सुनिता खत्री जोडी, नेपाली पाठशाला सेन्ट्रलभिल, गोपाल रेग्मी र सुनिता रेग्मीको जोडी, प्रदीप ढकाल र सुश्मा ढकाल जोडी, राजीव मैनाली जोडी, भीम रेग्मी र सीता रेग्मी जोडी, मेदिनी अधिकारी र अन्जु काफ्ले अधिकारी जोडी, अर्जुन दाहाल तथा जोडी ,राजेन्द्र खनाल र सीता खनाल जोडी र निदेश अधिकारी एवं बविता खरेल जोडी रहेका छन् ।

डिसी मेट्रो सप्ताह जुन २२ देखि जुन २९ सम्म संचालन भै रहेको छ भने आज सप्ताहको चौथो दिन हो । सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भै रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो ।

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया