शनिबार, असोज ३० २०७८
काठमाडौं ०१:५७
वासिङटन डिसी 16:12

कोलम्बिया मेरील्याण्डमा आईसिई छापा

लड. रेन्चमा एकजना पक्राउ, पक्राउ बारेमा आईसिई मौन

यादवराज जोशी २०७६ असार ११ गते १८:५४ मा प्रकाशित

यादवराज जोशी

अमेरिकाको मेरील्याण्ड राज्यको होवार्ड काउन्टीस्थित कोलम्बिया क्षेत्रमा आईसिईले बुधबार छापा मार्ने जानकारी आफुहरुलाई दिएको काउन्टी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कोलम्बिया क्षेत्रमा बुधबार छापा मारिने जानकारी प्रहरीलाई बिहान दिइएको हो । “आईसिई बुधबार बिहान कोलम्बिया क्षेत्रमा हुने जानकारी दिएको हो । उनीहरु हामीसंग कुनै सहयोग मागेका छैनन्,” काउन्टी प्रहरीका सार्वजनिक मामिला अधिकारी शेरी लेभिनले भने, “छापामारीमा हामी सम्लग्न छैनौ ।”

“बल्टीमोरका आप्रवासी सामुहिक देश निकालाको चपेटामा परेकोमा प्रहरी दुःखी छ,” उनले भने । लेभिनका अनुसार, अपराधिक पृष्ठभुमीका आप्रवासीको खोजीमा छापा मारिएको हो ।

आईसिईले छापामारीको क्षेत्र र पक्राउ परेको बारेमा केही बताएको छैन तर स्थानिय व्यक्तिले लड. रेन्चमा एकजनालाई आईसिईले पक्राउ गरेको देखेको बताए । दक्षिण अमेरिकीहरुको बाक्लो बस्ती भएको कोलम्बिया क्षेत्रमा यो छापा मारिएको हो । उक्त क्षेत्रका धेरै व्यक्तिले कालो पोसाक लगाएका आईसिई एजेन्ट सो क्षेत्रमा देखेको बताएका छन् ।

मंगलबार आईसिईले टेक्सास र ओक्लोहामाबाट ७५ आप्रवासीलाई पक्राउ गरेको थियो ।

स्रोतः बल्टीमोर सन
तस्वीरः गुगल खोज

प्रतिक्रिया