हेर्दा हेर्दा बाइक कच्याकुचु ! इन्डियनको दादागिरि कहिले सम्म ?

इनेप्लिज २०७६ असार ११ गते १५:५७ मा प्रकाशित

पोखराको हल्लनचोक देखी सेदिसम्म एक भारतिय नम्बर प्लेटको गाडीले जथाभावि रुपमा मोटर साईकलहरुलाई ठक्कर दिई अकल्पनिय दुर्घटना गराएको छ । बुधबार दिउसो गाडी अनियन्त्रीत हुदा ५ वटा सवारी साधन सहित एक पैदल यात्रीलाई ठक्कर दिई एक गम्भिर र तीन जना सामान्य घाइते भएका छन् ।

बुधबार दिउँसो करिब १ बजेको समयमा एच.आर.०९ एल.०००९ नम्बरको भारतिय गाडीले एक पैदययात्री, एक ट्याक्सि सहित ५ वटा सवारी साधनलाई ठक्कर दिदा एक गम्भिर सहित तीन जना घाइते भएका हुन् । उक्त गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ बर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् । उनको हाल पोखरा सृजनाचोकमा रहेको मेट्रोसिटी हस्पिटलमा सघन उपचार कक्ष (आइसियू) मा उपचार भईरहेको छ । ग १६ प ९९५९ नम्बरको मोटरसाइकलमा सवार गुरुङको अबस्था गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया