उडायो घरको छानो हुरीले, टिन धानेर छोरा छोरी बचाए !

इनेप्लिज २०७६ असार ११ गते १३:३४ मा प्रकाशित

 

पोखरामा मंगलबार साझँ आएको वर्षा सगैँको हावाहुरीले चार घरको छाना उडाएको छ ।

पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरीकृष्ण पहारीले जानकारी ।

सुकुम्बासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देबकोटा, शक्ती र राधा विकको घरको टिनको छाना उठाएको उनले जानकारी दिए । घरका छाना उठाए पछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन् ।

प्रतिक्रिया