सोमबार, कार्तिक १ २०७८
काठमाडौं २१:४५
वासिङटन डिसी 12:00

आईसिईद्वारा टेक्सास र ओक्लोहामामा ७५ आप्रवासी पक्राउ

बन्दीगृहमा बालबालिकाको दुरअवस्था, आईसिई प्रमुख राजीनामा दिने मुडमा

यादवराज जोशी २०७६ असार ११ गते १:२४ मा प्रकाशित

यादवराज जोशी

इमिसग्रेसन एण्ड कस्टम्स इफोर्सस्मेन्ट (आईसिई)ले टेक्सास र ओक्लोहामाबाट ७५ आप्रवासीलाई पक्राउ गरेको छ । आईसिईको इन्फोर्समेन्ट एण्ड रिमुबल अपरेसन अन्र्तगत विगत चार दिनमा उनीहरुलाई पक्राउ गरिएको हो ।

“७५ अपराधी र इमिग्रेसन कानुन उलंघन गर्नेलाई पक्राउ गरिएको छ,” आईसिई डालास फिल्ड अफिसका निर्देशक मार्क मुरले भने । आईसिईका अनुसार, २६ जना देश निकालापछि फेरी अमेरिका प्रवेश गरेका वा देश निकालाको आदेश उलंघन गरेका छन् भने एकजना यौन अपराधी छन् ।

उत्तरी टेक्सास र ओक्लोहामाका एकसय २८ काउन्टिमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । तर कुन कुन स्थानमा छापा मारिएको हो भन्ने बारेमा मुरले केही बताएनन् । पक्राउ पर्नेमा मेक्सिकोका ५८ जना, ग्वाटेमाला र होन्डुरस प्रत्येकका ६ जना, एल साल्भाडोरका दुईजना र केन्या, इक्वेडर र भियतनामका एक एकजना छन् ।

तीनमहिना अगाडि आईसिईले टेक्सासको एक विद्युतीय व्यवसायमा छापा मारेर दुईस्य ५० जनाभन्दा धेरैलाई पक्राउ गरेको थियो ।

टेक्सासका बन्दीगृहमा बालबालिकाको दुरअवस्थाको व्यापक विरोधभएपनि आईसिईका कार्यवाहक कमिस्नर जोन स्यान्डर्सले राजीनामा दिने भएका छन् । उनले केही सातामै राजीनामा दिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सासको क्लिन्टस्थित टेन्टमा बनेको बन्दीगृहमा राखिएका बालबालिका सुत्ने ठाँउ नभएको, सातासम्म नुहाउने नपाउने र राम्रो खानेकुराको व्यवस्था नभएको भन्दै निकै बिरोध भएको छ । मंगलबार त्यहाँ एकसय आप्रवासी बालबालिका ल्याईएको छ । यसअघि उक्त बन्दीगृहमा दुईसय ४९ बालबालिका राखिएको थियो ।

आईसिई प्रमुखको राजीनामा अन्र्तकथामा गत आईतबार आईसिईले अमेरिकाका दश सहरमा छापा मार्ने योजना चुहिनु पनि रहेको छ । आईतबारको छापाम मार्ने योजना कस्ले चुहायो भन्ने बारेमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, आईसिई केन्द्रिय कार्यालय र आईसिई काउन्सिलमा चर्को बहस छ ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया