सोमबार, भदौ ३० २०७६
काठमाडौं ०३:५७
वासिङटन डिसी 18:12

डिसीको सप्ताहको लागि न्यु ह्याप्म्पशायर बाटै प्रशन्न संग्रौला तथा सुशिला संग्रौला दम्पत्ति बने ट्रष्टि (गुठियार) सदस्य

दिने मन भए पछि जहाँ बाट पनि दिन सकिने उदाहरण बने संग्रौला परिवार

विजय थापा २०७६ असार १० गते २२:५३ मा प्रकाशित

डिसी , अमेरिकाको डिसी महानगर क्षेत्रमा संचालन भै रहेको डिसी मेट्रो सप्ताह मार्फत नेपाली अमेरिकन सामुदायिक केन्द्र निर्माण गर्ने लक्ष्य रहेको अभियानलाई ६ सय माइल टाडा न्यु ह्याम्पशायरको क्लेरमोन्टमा बसोबास गर्ने प्रशन्न संग्रौला तथा सुशिला संग्रौला जोडी ट्रष्टि (गुठियार) सदस्य बनेको घोषणा गरेका छन् ।

दिने मन हुनेले जहाँ बसे पनि दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् संग्रौला दम्पत्ति । नेपाल झापा घर भै काठमाडौँ हुदै अमेरिकाको भर्जिनियामा आई पुगेका प्रशन्न संग्रौला ,उनकी जीवन संगिनी सुशिला दंगाल संग्रौला साथमा उनका सुपुत्र आरोहण हाल न्यु ह्याप्म्प शायरमा बसोबास गर्दछन । उनि भर्जिनियाबाट न्यु ह्यामप्शायर हाल गएका मात्र हुन् । उनि भर्जिनिया निवासी नै हुन् ।

संग्रौला परिवारले आफू ट्रष्टी ( गुठियार ) को घोषणा मात्र गरेनन कि उनले आफ्ना मातापिता र सासु ससुरालाई समेत सप्ताहको तेश्रो दिन आजीवन सदस्य बनाई दिएका छन् । सो स्वरुप उनले बैंक अफ अमेरिका बाट रकम डिसी मेट्रो सप्ताह २०१९ लाई पठाई सकेका छन् । साथै आफू गुठियार सदस्य भएकोमा उनले पहिलो किस्ता दुई हजार ५ सय डलर रकम पनि पठाएका छन् ।

नेपाल ईटहरी घर भएका सासुससुरा हरि प्रसाद दंगाल तथा देवीमाया दंगाल तथा मातापिता ईन्दिरा देवी संग्रौला तथा अग्नि प्रसाद संग्रौला पनि आजीवन सदस्य बनेको जानकारी सामाजिक संजाल मार्फत पनि प्रशन्न संग्रौलाले सार्वजनिक गरेका छन् ।

उनले डिसी क्षेत्रमा नेपाली समुदायको एउटा सामुदायिक भवन नभएकोले बनाउने कुरामा आवाज उठाई रहेका थिए । र यस क्षेत्रका अगुवाहरु संग पनि यस बिषयमा उनले विचार बिमर्श गरेका थिए । उनले ईनेप्लिज संग कुरा गर्दै अब सामुदायिक केन्द्र बन्ने भएकोले आफूले सक्ने सहयोग गरेको बताए ।

युवा समाजसेवी प्रशन्न संग्रौला मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा संस्कृतिक केन्द्र(एनईसिसी) का पनि ट्रष्टी( गुठियार ) हुन् भने नेपालको चितवन लक्ष्मी प्रतिष्ठान को एक जना चेपाङ्ग बालकलाई पनि लिएका छन् । साथै उनले एनईसिसीको देउसी भैलो कार्यक्रममा अंग्रेजी साल अनुसार सन् २०१७ मा दुई हजार १७ डलर देउसी खेल्ने लाई दक्षिणा दिएका थिए ।

डिसी मेट्रो सप्ताह जुन २२ देखि जुन २९ सम्म संचालन हुने छ भने आज सप्ताहको तेश्रो दिन हो ।सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भै रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो ।

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया