नर्सहरुको ग्रुप च्याट को गोप्य कुरा बाहिरियो ! दलित भन्दै गरे यस्तो ! अब के होला ?

इनेप्लिज २०७६ असार १० गते १९:५९ मा प्रकाशित

पोखराको फेवा सिटी अस्पतालमा विगत १९ वर्ष देखि नर्सको रुपमा काम गर्दै आएकी शान्ति परियारले आफुसंगै काम गर्ने साथीहरुले जातिय विभेद गरेको आरोप लगाएकी छन् ।

परियारले सहकर्मीहरुले फेसबुकको ग्रुप च्याटमा उनी माथि जातिय आधारमा तथानाम गाली गर्ने, विभेदजन्य शब्दको प्रयोग गर्ने, सुन्नै नसकिने अपशब्द प्रयोग गर्ने काम भएको पिडीतले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् ।

आफुमाथि भएको जातिय विभेदको विरुद्धमा अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि अस्पताल पक्षले सामान्य रुपमा लिएको परियारको गुनासो छ । अस्पताल प्रशासनले सामान्य औपचारिकतामा मात्र माफी माग्न लगाएको शान्तिले बताईन् । जातिय आधारमा गरिने विभेदजन्य गतिविधी कानूनी रुपमै पनि दण्डनीय छ ।

सामाजिक सञ्जालको प्रयोग गरि विभेदजन्य क्रियाकलाप गरिएको हुँदा साईबर अपराध अनुसार कै आधारमा पनि कारवाही हुनुपर्ने पिडीत पक्षको माग छ । तर पिडक भनिएका सहकर्मीहरुले आफुहरुले पटक–पटक माफी माग्दा घटनालाई ठूलो बनाउने प्रयास गरिएको बताएका छन् । संयुक्त दलित संघर्ष समिति कास्कीले जातिय आधारमा हुने विभेदजन्य क्रियाकलाप सह्य नहुने बताएको छ ।

पोखरा १५ बस्ने परियार पोखराको फेवासिटी हस्पिटलमा एन आईसीयू विभागमा कार्यरत छिन् ।

प्रतिक्रिया