डिसी मेट्रो सप्ताहको पहिलो दिन सम्म ४ लाख डलर संकलन

विजय थापा २०७६ असार ९ गते १:५३ मा प्रकाशित

डिसी । डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन सम्म कूल ४ लाख ८ हजार ३ सय ८० डलर संकलन भएको छ । गत जुन २२ का दिन कलस यात्रा सप्ताह सुरु हुनु अगावै २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको थियो । कूल मिलाएर ४ लाख नाघेको हो ।

सप्ताह प्रवचन कार्यक्रम वाचन प्रविण दिनबन्धु पोखरेलले जुन २३ देखि सुरु गरेका छन् भने समापन जुन २९ का दिन हुनेछ । अहिले सम्म बार्षिक सदस्य ,संस्थापक बेनेफ्याक्टर ( उपकारी ) सदस्य ,संस्थापक आजीवन सदस्य ,संस्थापक प्लाटीनम सदस्य तथा संस्थापक गुठियार सदस्य बाट कूल ४ लाख ८ हजार ३ सय ८० डलर संकलन गरिएको छ ।

अहिले सम्म संरक्षक सदस्यहरु कोही भएका छैनन् भने दुई चार जना बन्ने सम्भावना रहेको छ । ट्रस्टी( गुठियार) सदस्य बाट बेनेफ्याक्टर ( उपकारी )सदस्यहरु बनेका छन् भने बेनेफ्याक्टर ( उपकारी )सदस्य बाट अझ रकम ज्यादा तोकिएको सदस्य बन्ने देखिएको पनि छ । बेनेफ्याक्टर ( उपकारी )प्लाटीनम र गुठियार सदस्य बनेकाहरुले डिसी क्षेत्रमा सामुदायिक केन्द्र बनाउन सवै जना जुट्न र मन खोल्न सबैलाई उत्प्रेरणा गरेका थिए ।

यसरी उत्प्रेरणा गर्नेहरुमा चिकित्सक मदन उप्रेती ,अर्थविद तथा सामाजिक अभियन्ता प्रेम संग्रौला ,सामाजिक अभियन्ता तथा एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,हर्नडनका नगर परिषदका नगर परिसद सदस्य प्रदिप ढकाल ,समाजसेवी कमल पोखरेल लगायतले उत्प्रेरणा गरेका थिए । ठूला रकम घोषणा को साथै धनादेश (चेक ) दिनेहरुलाई पण्डित दिनबन्धु पोखरेलले आशिर्बाद दिदै टिका लगाई दिएका थिए । दान गरेका जोडीलाई हौशला प्रदान गर्दै नाचगानमा पण्डित पोखरेलले आग्रह गरे पछि भजनमा जोडी नाचेका थिए ।

सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भै रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो ।

गत जुन २२ देखि २९ सम्म संचालन हुने सप्ताहको पहिलो दिन कलस यात्रा बिशेष कार्यक्रम मात्र रहेको थियो । उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । मूल आयोजक समितिमा विभिन्न समुह उपसमुहहरु बनाई कार्य विभाजन गरिएको छ । धार्मिक एवं आध्यात्मिक आनन्द प्राप्तीको लक्ष्य सहित सामुदायिक केन्द्र निर्माणको योजनाका लागि आर्थिक संकलन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेकोले सुरुवात सकरात्मक संकेत देखिएको छ ।

सप्ताहको लागि सहयोग गर्ने अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया