रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक

इनेप्लिज २०७६ असार ८ गते १३:१४ मा प्रकाशित

काठमाडौं,

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन् ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने ।

 

प्रतिक्रिया