शनिबार, असोज ३० २०७८
काठमाडौं ०१:१४
वासिङटन डिसी 15:29

नेपाली राष्ट्रिय सम्मेलनको कार्यतालिका तयार

विजय थापा २०७६ असार ८ गते १२:४९ मा प्रकाशित

डिसि ।आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको ३ दिने कार्यक्रमको कार्यतालिका तयार भएको छ ।

उक्त कुराको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका कार्यक्रम निर्देशक डा दिवाकर दाहालले बताएका छन् । जुलाई ५ तारिख शुक्रबारका दिन बिहान ८ बजे देखि दर्ता कार्यक्रम खुला गरिने छ । कार्यकमको पहिलो दिन बालबालिकाको प्रतिभा प्रतियोगिताको पहिलो चरणको कार्यक्रम लगायत बालबालिकाहरुका लागि काम गर्दै आएको मित्रता नेपाल फाउन्डेसन ,नेपालमा रक्तचाप ,नेपाली राष्ट्रिय सम्मेलनको मार्ग तथा सांस्कृतिक कार्यक्रम हुने छ ।

यसै गरि सम्मेलनको दोश्रो दिन बिहान १० बजे देखि दर्ता प्रक्रिया चालु रहने छ । दोश्रो दिन शनिबार समुद्घाटन कार्यक्रमको साथै स्वास्थ्य शिविर ,रक्तदान ,बहस कार्यक्रम ,कविता कार्यक्रम ,गैर आवासीय नेपाली संघ कार्यक्रम ,बालबालिकाको प्रतिभा प्रतियोगिताको अन्तिम प्रस्तुति ,महिला सशक्तिकरण ,नेपाल भ्रमण बर्ष ,प्रविधि स्थान्तरण लगायत बिभिन्न कार्यक्रमहरु आयोजनाहुने छन् ।

यसै गरि सम्मेलनको तेश्रो अन्तिम दिन जुलाई ७ का दिन सामाजिक समय साथै दोश्रो नेपाली राष्ट्रिय सम्मेलन को समापन गरिने छ । अमेरिकाका विभिन्न राज्यहरु बाट बिहिबार नै बल्तिमोर पुग्नेछन भने शुक्रबार  बानाले अतिथिहरुलाई रात्री भोजन गराउनु को साथै साँस्कृतिक कार्यक्रम गर्ने छ ।

डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । दोश्रो नेपाली राष्ट्रिय सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाईमा नभई सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरि एएनए ,आन्मा ,अनेसास र बानाले सयुक्त रुपमा आयोजनामा गर्ने छ ।

सम्मेलन होटल रेड लायन नर्थ बाल्टिमोरमा हुनेछ । सबैलाई सरल र सहज होस् भनि कोठाहरु आरक्षित(बुकिङ्ग )खुला गरिएको छ । नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहनु भएको छ । सम्मेलन सभापति समाजसेवी विजय श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया