
प्रयोगमा सजिलो तर विवादित प्लास्टिक
वातावरणविद्धहरुको आलोचनाको विषय प्लास्टिक तर आधुनिक जीवनको पर्यायवाची शब्द पनि हो।
प्लास्टिक विनाको जीवन सम्भव छ कि छैन भनेर सोच्ने हो भने उत्तर सजिलै भेटिन्छ किनकि हाम्रा पुर्खाहरु प्लास्टिक विना नै बांचेका थिए। जीवनलाई सहज बनाउने होडसंगै यसको प्रयोग पनि बढ्दै गएको हो।
प्राकृतिक रबरको प्रयोग सोह्रै शताब्दी देखि शुरु भएपनि पुर्ण सिन्थेटिक प्लास्टिक बेकलाइटको आविष्कार सन १९०७ मा न्युयोर्कमा वैज्ञानिक लियो बेकल्याण्डले गरेका हुन्। तत्पश्चात विभिन्न वैज्ञानिकहरुले आआफ्नो क्षेत्रबाट प्लास्टिकको परिमार्जन र बिस्तार गरेका थिए।
प्रयोग गर्न सजिलो, उत्पादन गर्न सजिलो, पानीले असर नगर्ने, विभिन्न आकार र रंगमा ढालन सकिने तथा बहुप्रयोजनका कारणले गर्दा प्लास्टिकको प्रयोग व्यापक बढ्नुको साथै उत्पादन समेत व्यापकरुपमा भयो। यसको साथै परम्परागतरुपमा प्रयोग हुदै आएका काठ, ढुंगा, गिलास, जनावरको सिंग, हड्डी, छाला, धातु, सेरामिक लगायतको विकल्प पनि बन्यो प्लास्टिक। सानो भन्दा सानो कागज च्याप्ने काटीदेखि ठुलाठुला रकेट समेतमा प्लास्टिकको प्रयोग गरियो र आज पनि गरिन्छ।
के प्लास्टिक सर्जरीमा पनि प्लास्टिक प्रयोग हुन्छ?
प्लास्टिकबाट अछुतो रहेको क्षेत्र सायद विरलै होला। चिकित्सा देखि औद्योगिक सबैमा प्लास्टिकको प्रयोग व्यापक छ। तर चिकित्सा क्षेत्रमा गरिने प्लास्टिक सर्जरी भने प्लास्टिकको प्रयोगको कारण नभई शरीरका विभिन्न अंगलाई पुन् अर्को रुप दिइने कारणले प्लास्टिक सर्जरीको नामाकरण गरिएको हो। औद्दोगिक जगतमा लोकप्रिय वस्तु हो प्लास्टिक।
कहिलेबाट शुरु भयो प्लास्टिक सम्बन्धी विवाद?
बीसौ शताब्दीमा आएर प्लास्टिक विवादमा परेको छ। प्लास्टिक विवादमा पर्नुको मुख्य कारण यसलाई नष्ट गर्न नसकिनुले हो। प्लास्टिक सजिलै नष्ट हुदैन र हरेक वर्ष आठ अरब टन प्लास्टिकको फोहोर पृथ्वीका हरेक समुन्द्रमा गएर तैरिने गरेकाछन्।
धातु र गिलासको रिसाइकलको तुलनामा प्लास्टिकको रिसाइकल त्यति सहज छैन। प्लास्टिक रिसाइकल दर पनि सार्है कम छ। प्रति वर्ष कुल प्रयोग हुने प्लास्टिकमा केवल ९% प्लास्टिक मात्र रिसाइकल हुन्छ।
प्लास्टिकको वातावरणीय असर
५ मिलीमिटरभन्दा साना प्लास्टिकलाई सु़्क्ष्म प्लास्टिक भनिन्छ। सन् १९६० देखि यिनै समुन्द्री जीवहरुमा सुक्ष्म प्लास्टिकको असरको अनुसन्धान गर्न थालियो। जसले समुद्री जीवहरुको स्वास्थमा प्रतिकूल असर गरेको पुष्टी भयो।
यद्दपि पृथ्वीको तापक्रम बढ्नुमा प्लास्टिककै प्रयोग मात्रै कारक तत्व हो भन्ने बारेमा वैज्ञानिकहरु पुर्णरुपमा सहमत छैनन्।
प्लास्टिकको विकल्प
प्लास्टिकको विकल्प यही नै हो भनेर भन्ने सक्ने अवस्थामा आजसम्म कुनै पनि वैज्ञानिक पुग्न सकेका छैनन्। विभिन्न वस्तुलाई विकल्पकोरुपमा लिइएकोछ तर ठोस कुनैपनि छैन। सबैभन्दा उत्तम उपाय प्लास्टिकको प्रयोगमा कम गर्ने, सकेसम्म रिसाइकल गरिएका र गर्न मिल्ने प्लास्टिकको प्रयोग गर्ने, आवश्यकता अनुसार मात्र प्रयोग गर्ने, घरायसी फोहोर संकलन गर्दा प्लास्टिकलाई छुट्टै संकलन गर्ने, जथाभावी प्लास्टिक नफ्याक्ने गर्नाले केही हदसम्म राहत मिल्छ तथा सरकारीस्तरबाट पनि रिसाइकल सम्बन्धी कानुनको निर्माण गर्नु अत्यन्त जरुरी छ।
बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया
प्रतिक्रिया