मध्यरातमा शम्भु राईलाई प्रकाश सपुतको मार्मिक पत्र

इनेप्लिज २०७६ असार ६ गते ०:५३ मा प्रकाशित

 

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसको पहिलो तलाको बिचको कोठाको बेडरुममा पल्टिएर मोबाईलको नोटबुकमा यो चिठि लेख्दै छु ।

तपाईलाई विश्वास नलाग्ला गित पनि सुन्दै छु – चिठि तिमीलाई लेखु भन्छु…! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मन बाट जे आउछ त्यहि लेख्दैछु सर । करिब ३६ डिग्री गर्मिलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु ।यधपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको ।

यहि नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन । आयोजकले भोली पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज़ ।

प्रतिक्रिया