बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत‘चट्ट खाइदिउ चटपटे’ म्युजिक भिडियो सार्बजनिक

इनेप्लिज २०७६ असार ३ गते १०:५६ मा प्रकाशित

बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो । डान्सिङ्ग प्याटनको गीतको भिडियोमा अम्मल राइले राम्रो नृत्य गरेका छन् ।

प्रतिक्रिया