शनिबार, साउन ४ २०७६
काठमाडौं ०५:००
वासिङटन डिसी 19:15

डिसी मेट्रो सप्ताहको लागि वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल भर्जिनियामा

इनेप्लिज २०७६ असार ३ गते २:०२ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने सप्ताह महा पुराणको लागि नेपालबाट वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल अमेरिकाको भर्जिनिया आई पुग्नु भएको छ । गत जुन १७ तारिख सोमबारका बेलुकावहालाई स्वागत गर्न डिसी मेट्रो सप्ताह आयोजक समितिका पदाधिकारी तथा नेपाली समुदाय सदस्यहरु विमानस्थल पुगेका थिए ।

विमानस्थल पुग्नेहरुमा सामाजिक अभियन्ताहरुमा क्रमस अरुण रुपाखेती ,ददिराम ढुंगाना , गुणराज लुइँटेल ,चन्द्र लामा ,परशुराम भण्डारी ,राम मिश्रा ,पण्डित राजेन्द्र खनाल ,सीता खनाल ,हरि पुडासैनी लगायतले खादा र फूलको माला लगाई दुवै गुरुहरुलाई स्वागत गरेका थिए ।

सप्ताह महापुराणमा पण्डित पोखरेललाई साथ दिन नेपालबाट पण्डित खडानन्द सापकोटा समेत आउनु भएको छ । आगामी जुन २२ तारिख देखि जुन २९ सम्म चल्ने डिसी मेट्रो सप्ताह सुरु हुने भएकोले पण्डित पोखरेल अमेरिकाको डिसी क्षेत्रमा स्थित डलस अन्तर्राष्ट्रिय विमानस्थल आई पुग्नु भएको हो ।

नेपाली अमेरिकन सामुदायिक भवन (केन्द्र) निर्माण गर्ने लक्ष्य सहित आयोजना हुन् लागेको डिसी मेट्रो सप्ताहको तयारी अन्तिम चरणमा पुगेको छ । सप्ताह सफल बनाउन १२ सय भन्दा ज्यादा सदस्यीय मूल समारोह समिति निर्माण भएको छ । विभिन्न समितिहरु बनेका छन् भने सम्पूर्ण समिति अहोरात्र खटिई रहेका छन् । नेपाली समुदायमा नयाँ तरंग, उत्साह र हौशलाको वातावरण बनिसकेको छ ।

उक्त सप्ताहको लागि सप्ताह सुरु गर्नु अगाडी कलस यात्रा कार्यक्रम रहेकोले नेपालबाट झिकाइएका ४ सय कलस सबै समाप्त भएका छन । डिसीवासीहरु सप्ताहको प्रारम्भको प्रतिक्षामा रहेका छन् । सबै जुटौ ,सबै उठौं ,यस महाअभियानमा कोही पनि नछुटौ भन्ने मूल नारा सहित सप्ताहलाई अपार सफलता बनाउन सबै समुदाय एक जुट भएका छन् ।

सप्ताहको निमन्त्रणा पत्रहरु घरघरमा पुगिसकेको छ भने पुराणमा सम्पन्न गरिने धार्मिक बिधी र पुजाहरुको तयारी व्यापक भै रहेको छ ।

प्रतिक्रिया