बुधबार, असोज २९ २०७६
काठमाडौं ०६:३२
वासिङटन डिसी 20:47

नासा आन्माको १५ औ सयुक्त सम्मेलनको तयारी तिब्र गतिमा अगाडी बढी रहेको

मुख्य आकर्षणको रुपमा कन्सर्ट ( संगीत समारोह ) मा प्रसिद्ध गायिका ईन्दिरा जोशी आउने

इनेप्लिज २०७६ असार ३ गते १:१४ मा प्रकाशित

दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १५ औं संयूक्त सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ सम्म नर्थ क्यारोलिनाको सुन्दर शहर विन्स्टन -सेलम शहरमा स्थानीय संस्था टिएनसिसीको आतिथ्यमा हुने भएको छ ।

उक्त सम्मेलनको मुख्य नारा बिल्डिंग फर द फ्युचर अर्थात् भबिष्यको लागि निर्माण रहेको छ । नासाका अध्यक्ष माधव ढकाल ,आन्माका अध्यक्ष बलराम पन्थी ,टिएनसीसी का सभापति तथा सम्मेलन संयोजक प्रसिम पौडेल अध्यक्ष मण्डलमा रहेका छन् ।

सम्मेलनमा संचालन हुने विभिन्न मंच (फोरम)का लागि इच्छुक व्यक्ति तथा संस्थाहरुबाट कार्यक्रमको बिस्तृत जानकारी सहितको प्रस्तावको आब्हान गरिएको छ । सोहि सम्मेलनमा पहिलो पटक गायन प्रतिस्पर्द्धा गर्न लागिएको कुरा नासाका अध्यक्ष माधव ढकालले बताउनु भयो । सम्मेलनको मुख्य आकर्षणको रुपमा कन्सर्ट ( संगीत समारोह ) मा प्रसिद्ध गायिका ईन्दिरा जोशी आउने कुरा रहेको संयोजक प्रसिम पौडेलले बताउनु भयो ।

यस सम्मेलनमा यस अघिका सम्मेलन भन्दा भिन्न आकर्षक र उपलब्धिमुलक हुने आन्माका अध्यक्ष बलराम पन्थीले बताउनु भयो । संचार तथा अतिथि सत्कार समितिका संयोजक बिनय अर्यालका अनुसार सम्मेलनमा सांस्कृतिक कार्यक्रममा प्रस्तुत हुने प्रतिभाहरुको प्रस्तुतिका लागि प्रस्तावको लागि आव्हान जारी भएको जानकारी दिनु भएको छ ।

साथै खेलकुदको लागि आवश्यक तयारीहरु तिब्र रुपमा अगाडी बढी रहेको र जुलाई १५ सम्म छूट दरमा सम्मेलनको दर्ता खुला भै रहेको हुँदा यसबाट भरपुर फाइदा उठाई समयमा नै दर्ता गराउन हुन् अनुरोध गरिएको छ ।

तीन वटै संस्थाको कोषाध्यक्षहरु बाट सयुक्त रुपमा नासाका कोषाध्यक्ष निर्मल पौडेलको संयोजनमा आर्थिक कारोबारको संचालन हुने छ भने सचिवालयको संचालन नासाका महासचिव कृष्ण श्रेष्ठले गर्नु हुने छ ।

यस सम्मेलनमा नासाको नया नेतृत्वको पनि चयन हुने हुनाले सम्मेलनमा उत्साहपूर्वक सहभागिता रहने हुँदा सहभागीहरुको दर्ता र होटल बुकिङ्ग (अतिथि गृह आरक्षण ) धमाधम भै रहेको कुरा सचिवालयका सचिव कृष्ण श्रेष्ठले बताउनु भयो ।

सम्मेलन संचालनका लागि बिभिन्न समितिहरु बनाईएका छन् । जस अनुसार दर्ता समितिमा ठाकुर कार्की ,कार्यक्रम समितिमा डा मनोज झा ,सांस्कृतिक समितिमा प्रदिप (कृष्) घिमिरे फ्लोरिडा ,महिला समितिमा उर्मिला पन्थी मिजौरी ,प्रकाशन समितिमा मनोज प्रधान नर्थ कारोलाइना ,निबन्ध समितिमा डा सुष्मा प्रधान नर्थ क्यारोलाइना ,सरगम प्लस (जोड) समितिमा रोशन श्रेष्ठ नर्थ क्यारोलाईना ,आहार/खाना (फुड ) समितिमा कल्याण कोइराला नर्थ क्यारोलाइना, खेलकुद समितिमा रोशन भण्डारी नर्थ क्यारोलाईना ,सुचना प्रविधि ?(आईटि)समितिमा अम्बिका लोहनी शर्मा ,जर्जिया ,युवा तथा बालबालिका समिति रमा घिमिरे जर्जिया ,संचार तथा जन सम्पर्क सम्बन्ध समिति मा बिनय अर्याल नर्थ क्यारोलाइना, स्वयम् सेवक समितिमा आरपी पौडेल नर्थ क्यारोलाइना, साहित्य समितिमा शिखर दुलाल नर्थ क्यारोलाईना तथा आर्थिक समितिमा संयोजक निर्मल पौडेल कोषाध्यक्ष नासा ,सदस्यहरुमा आन्मामाका डा ओम दाहाल तथा टिएनसीसीका दिपक राना भाट रहेका छन् ।

बिस्तृत जानकारीको लागि यहा थिच्नु होला ।

https://jointconvention.org/

 

North Carolina! Please be ready!NASeA/ANMA Joint Convention 2019

Posted by Indira Joshi on Thursday, June 13, 2019

प्रतिक्रिया