मे – यौन हिंसा सचेतना महिना सम्बन्धी विमर्श

इनेप्लिज २०७६ असार ३ गते १:१४ मा प्रकाशित

अप्रेल महिना यौन हिंसा सचेतनाको महिना थियो, र एसियाली/प्रशान्त द्विप समुदायका लागि यसको अर्थ के हो भनेर हामी विमर्श गर्न चाहन्छौं।   यहाँ एसियाली/प्रशान्त द्विप घरेलु हिंसा स्रोत परियोजना (DVRP) मा, हाम्रो समुदायहरूमा प्रत्येकले यौन हिंसा रोक्न सक्छन् र रोक्न मद्दत गर्नु पर्छ भन्ने हामीलाई विश्वास छ।

यौन हिंसा भनेको स्वतन्त्र पूर्वक दिइएको सहमति, वा अनुमति बिना नै अर्कोले गर्ने कुनैपनि प्रकारको यौन कार्यलाई जनाउँछ।

यो यति सरल कुरा हो। अनुमति बिना भएको कुनैपनि कुरा, हिंसा हो, र हामी यसलाई रोक्न सक्छौं। यो कुरा गरेर र सञ्चार गरेर शुरु हुन्छ। हाम्रो परिवारसँग स्वस्थ सम्बन्ध भनेको के हो भनेर कुरा गर्ने, वा हाम्रा इष्टमित्रलाई जे नै भएपनि हामी उनीहरूलाई सहयोग गर्छौं भनेर जनाउने। यौन हिंसाद्वारा ३ मध्ये १ जना महिला र ५ मध्ये १ जना पुरुष पीडित हुन्छन्, तसर्थ मानिसहरूलाई यसको सूचना दिन सुरक्षित महसुस गराउनका लागि हामीले यसबारे चर्चा गर्न जरुरी हुन्छ।

सबभन्दा जरुरी कुरा, DVRP ले हामी मध्ये हरेकलाई हामी सदा सहयोगात्मक र स्नेही हुनु पर्छ भनेर सम्झना दिलाउन चाहन्छ।  “म तपाईंलाई विश्वास गर्छु”, “यो तपाईंको गल्ती होइन”, तथा “म तपाईंलाई सहयोग गर्छु” जस्ता कुराहरू भन्ने गर्नाले यौन हिंसा भोगेका मानिसहरूलाई उनीहरूलाई शरम नहुने गरि सहायता गर्न समुदायको सदस्यहरूलाई सहज बनाउँछ।

यौन हिंसामा प्राय लज्जा, कलङ्क, तथा आरोप गाँसिएको हुन्छ जो एउटा बाधा हो भनेर DVRP ले बुझेको छ। तथापि कुनै एकजनालाई मर्का पर्दा, हामी सबैले यसको भार र जिम्मेवारी वहन गर्नुपर्छ भन्ने हामीलाई विश्वास छ। DVRP तपाईंमाथि विश्वास राख्छ, र हामीले यौन हिंसा र घरेलु हिंसाको स्थितिहरूमा निरन्तर रूपमा प्रत्यक्ष स्रोत तथा हटलाईनका रूपमा काम गर्न जारी राख्ने क्रममा सम्पूर्ण यौन हिंसा भोगेका मानिसहरूलाई टेवा पुर्याउन जारी राख्छौं।

एसियाली/प्रशान्त द्विप घरेलु हिंसा स्रोत परियोजना

हटलाईन (202)-833-2233

सोम-बिही: बिहान ९ बजे-बेलुका ६ :३० बजे

शुक्र: बिहान ९ बजे- बेलुका ६ बजे

https://dvrp.org

[email protected]

प्रतिक्रिया