बिहीबार, साउन २ २०७६
काठमाडौं २३:०२
वासिङटन डिसी 13:17

तमु धी भर्जिनियाको प्रथम ग्रिष्मकालिन बनभोज कार्यक्रम भर्जिनियाको रेस्टनमा हुने

इनेप्लिज २०७६ असार ३ गते ०:०२ मा प्रकाशित

गत जुन ९ तारिख आइतबारका दिन ग्रेटर वाशिंगटन तमु समाजको ऐतिहासिक बार्षिक साधारण बाट तमु धी भर्जिनियामा परिणत भएको तमु धी ले पहिलो पटक बनभोजको आयोजना गर्ने भएको छ । आगामी जुन ३० आइतबारका दिन भर्जिनियाको रेस्टन शहर स्थित प्रसिद्ध ‘लेक फेयर फ्याक्स पार्क’नामक बनभोज उद्यानमा बिहान ११ बजे देखि बनभोज कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

‘हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा ए संस्कृति ‘तमु धी भर्जिनिया ग्रीष्मकालिन बनभोजमा यस क्षेत्रमा बसोबास गर्नु हुने सबैमा निमन्त्रणा गरेको छ । प्ये म्हस्या ल्हु म्ह्म ,ल्हु म्हस्या छ्या म्हम ,छया म्हस्या म्हि म्ह्म ‘ अर्थात् शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए परम्परा हराउछ ,परम्परा हराए मान्छे हराए ” भन्ने उखानलाई मनन र मध्यनजर गर्दै बिगत बर्षहरुमा बनभोज मनाउदै आएता पनि तमु धी भर्जिनिया भर्खर जन्मेकोले आफ्नो परम्परालाई निरन्तरता दिन लागेकोमा आयोजकले खुशी व्यक्त गरेका छन् ।

तमु धी भर्जिनियाको आगामी ३ बर्षको लागि नन्द कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको थियो भने अध्यक्ष गुरुङले यो सवै नेपाली समुदायको आयोजना गरिएको बनभोज कार्यक्रम भएकोले भित्ते पात्रोमा चिन्ह लगाउन समेत ईनेप्लिज मार्फत अनुरोध गरेका छन् ।

कहिले : आइतबार ,जुन ३० ,२०१९
कति बजे : ११ बजे देखि
ठेगाना : 1400 lake fairfax ,reston va 20190 ,shelter # 1

सम्पर्क : नन्द गुरुङ : 571 524 2345

प्रतिक्रिया