भूकम्प आउने भन्दै आतंक फैलाएर पक्राउ परेका अर्जुन छेत्री फेरि मिडियामा , खुलाए नयाँ रहस्य (भिडियो सहित)

इनेप्लिज २०७६ असार २ गते २३:०१ मा प्रकाशित

काठमाडौँ-केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । अर्जुन क्षेत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

धेरै लामो समय देखि अफवाह फैल्याउदै आएका उनलाई काठमाडौं गौसलाबाट पछिल्लो पटक भुकम्प आउँछ भन्दै फेरी अर्को अफवाह फैलाए पछि ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए । अर्जुन क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दा सम्पूर्ण दर्शक स्रोतालाई स्पस्ट पार्दै छन् । उनको कुरा सुन्दा उनि पहिले कै जस्तो अफवाह फैल्याउन निरन्तरता दिने पक्षमा छन । उनले आफ्नो गल्ति स्वीकार्नको सट्टा आफ्नो बचाउ गर्दै मैले गरेको भविश्यवाणी सहि भएको दावी गर्छन ।

मैले नेपालको छेत्रमा बिपत आउँछ भनेको थिए त्यो भई सकेको छ र ठुलो जनधनको क्षति पनि भयो। त्यस अर्थमा मेरो भविष्य सहि सावित भई सकेको छ भनेका छन। भूकम्प आउँछ भन्ने कुरा नमिल्न गए पनि मैले अनुमान गरेको बिपत आईसकेको छ। उनले भिडियोमा आएर भनेका छन। थापा क्षत्री रिहा भएपछि आफ्नो बास्तबिकता बताउदै गरेको जस्ताको तस्तै भिडियो हेर्नुहोला ।

प्रतिक्रिया