बुधबार, असोज २९ २०७६
काठमाडौं ११:३३
वासिङटन डिसी 01:48

साहित्यकार सर्बज्ञ वाग्लेको नयाँ गीत “बिग्रीयो काँइलो जुवा र तासैले” सार्वजनिक

इनेप्लिज २०७६ असार २ गते २२:४५ मा प्रकाशित

तनहु घर भै हाल अमेरिकाको क्यालिफोर्निया बस्दै आएका साहित्यकार सर्बज्ञ वाग्लेको नयाँ गीत “बिग्रीयो काँइलो जुवा र तासैले” सार्वजनिक भएको छ । उक्त गीत यु ट्युब मार्फत निस्केको छ भने उक्त गीत वाग्ले ले आफै रचेका हुन् भने अभिनय पनि आफै गरेका छन् ।

यो एउटा सामाजिक संदेश मुलक गीत हो । सयौ बर्ष देखि जनजीब्रोमा झुण्डिएको ” नखेल्नु जुवा र तास,धनको नास जीवनको वनवास ” भन्ने जम्मा २ लाईन गीत पछि जुवा र तास सम्बन्धित गीत अहिले सम्म नआएको गीतकार दाबी गर्छन् ।

यस अवस्थामा अत्याधुनिक जुवाघर क्यासिनो हुँदै हजारौ वर्ष अगाडिको घटना महाभारत देखि गाँउ घरसम्मको घटनालाई सुन्दर शब्दहरूले कुँदिएको यो गीतले पक्कै पनि हाम्रो समाजमा बर्षौ देखि जकडिएको रहेको कुरीति र बिकृतिको बिरूद्दमा एउटा नजीर बन्ने छ ।

यो गीत जुवा ,तास र क्यासिनोको लतमा डुबेर आफ्नो घरबार बिग्रानेहरूलाई यसले सकरात्मक बाटो हिंड्न पक्कै पनि सकारात्मक प्रेरणा दिने छ वाग्लेले भनेका छन् । गीतकार वाग्लेका जुवा सबन्धि तीन पुस्तक यस अघिनै प्रकाशित छन् भने जुवा सम्बन्धि बिभिन्न लेख तथा रचनाहरू प्रकाशित हुँदै आएका छन् । जुवा सबन्धि उहाँको यो पहिलो गीत हो ।

प्रतिक्रिया