लहानमा पहिलो पटक फेशन शो सम्पन्न, युवतीहरुको र्याम्प संगै यसरी नचाए कमल खत्रीले (भिडियो सहित)

इनेप्लिज २०७६ असार २ गते २२:३६ मा प्रकाशित

ईटहरी/ फेसन सो भन्ने बितिकै हाम्रो समुदायमा गलत दृष्टिकोणले हेर्ने गरिन्छ । त्यहिमाथि तराइमा अर्थात मधेसी समुदायमा त यो पुर्ण रुपले बन्देजनै छ भन्दा पनि फरक पदैन् । तराई समुदायमा फेसन सो गर्नु भनेको चुनैतिमा हाम फाल्नु जतिकै हो । नेपाली समुदायले यो फेसन सो अझै पनि सहज रुपले स्वीकार गरीसकेको छैन्, तराई समुदायले त यो सुईकार गर्ने कुरै भएन । तराइमा फेसन सो गर्दा लाखौ चुनैतिको बाबजुत पनि जेष्ठ ३२ गते लाहानमा “लहान फेस्ट २०१९ : फेसन शो एण्ड म्युजिकल कन्सर्ट” सम्पन भएको छ । लहानमा भएको उक्त फेसन सो काठमाडौको एल एण्ड एन मोडल एजेन्सीले पहिलो पटक गरेको थियो ।

उक्त शो एजेन्सीले लहानमा भब्य र सब्य रुपले सम्पन गराएको छ । यसअघि यसै कम्पनिले मिर्चयामा पनि यस्तै फेसन शो सफल सम्पन्न गरिसकेको छ । लहान फेसन सो को प्रमुख आकर्षणको रुपमा चर्चित गायक तथा संगितकार कमल खत्री थिए । पछिलो समय खत्री आफ्नो गितबाट मोडलको रुपमा पनि परिचित हुदै आएका छन् । उक्त शोमा खत्रीले आत्मामा, जाउला रेलैमा, मलाई गोली हान्यो, झुमा झुमा, लगायतका गितहरु गएका थिए । यस्तै पछिलो समय चर्चित लोक गित ‘लालुमै’ गित गाएर एकाएक चर्चा बटुलेका लोक गायक सन्दिप न्यैपानेको पनि प्रस्तुति रहेको थियो ।

फेसन सो को अर्का आकर्षण थिए उदयमान गायक कर्ण राज गिरी, जस्ले ‘तिम्रो हेराई लजालु’, ‘तिमै लागि माया यो ज्यानै हाजिर छ’ लगायतका गितहरु गाएका थिए । अर्का कलाकार छिरीङ लामाले भने भोजपुरी र अन्य गितमा नृत्य देखाएकि थिइन भने अन्य स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति रहेको थियो । यसैगरि लहान भित्र फेशन शो वा र्याम्प मोडलिङ्गमा लुकेर बसेका दर्जन बढि युवायुवतीहरुले विभिन्न भेषभुषाहरुमा आफ्नो र्याम्प प्रस्तुति देखाएका थिए । यता मिर्चयामा को फेशन शोमा सहभागी युवायुवतीहरुले पनि र्याम्प गरेका थिए । बाटिका टुरीजम पार्क लहानमा सम्पन्न ‘लहान फेस्ट’मा सम्पुर्ण र्याम्प मोडलहरुलाई लहानको स्थापित ‘स्मार्ट टेलर्स’ले ड्रेस डिजाईन गरि उपलब्ध गराएको थियो ।

प्रतिक्रिया