गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

इनेप्लिज २०७६ असार २ गते २०:२२ मा प्रकाशित

के तपाइँलाई थाहा छ कुनै पनि स्त्रीको गालाको रंग हेरेर उसको स्वभाव पनि थाहा पाउन सकिन्छ । समुन्द्र ,शास्त्रका अनुसार गालाको रंगले स्त्रीको स्वभाव थाहा पाउन सकिन्छ । यहाँ कस्ता गाला हुने महिलाको स्वभाव कस्तो हुन्छ भनेर चर्चा गरिएको छ । गालाको रंग
सेतो भएका महिला: जुन महिलाको गालाको रंग सेतो हुन्छ यस्ता महिला स्वास्थ्य समस्याबाट पीडित हुन्छन् । यिनीहरुमा निराशा हुन्छ ।

यस्ता महिला आलसी स्वभावका हुन्छन् तर भावना भने बुझ्न कठिन हुन्छ । अरुलाई मन परेपनि नपरेपनि मनलाग्दो हिसावमा यिनीहरुले जीवन चलाउँछन् । रातो गाला:जुन स्त्रीको गाला रातो हुन्छ यस्ता महिला रिसाहा स्वभावका हुन्छन् । सानो सानो कुरामा पनि यिनीहरु रिसाउँछन् । यस्ता महिला साहसी हुन्छन् र उत्तेजित पनि हुन्छन् । यिनीहरु कुनै पनि काम गर्दा राम्रोसँग गर्छन् । गुलावी :जुन स्त्रीको गालाको रंग गुलावी हुन्छ त्यस्ता स्त्री सन्तुलित स्वभावका हुन्छन् । कुनै पनि परिस्थितिमा यिनीहरु आत्तिने र मात्तिने हुँदैनन् ।

प्रतिक्रिया