पूर्वराजाका समर्थकमा उर्लिए जनता ‘ सिंहदरबार र बालुवाटारमा बसेकालाई घिसारिन्छ, राजतन्त्र स्थापना गरिन्छ’ (भिडियोसहित)

इनेप्लिज २०७६ असार २ गते १२:१४ मा प्रकाशित

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र करिब एक महिनाको थाइल्याण्ड भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । झण्डै १ महिको थाइल्याण्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसँगै स्वदेश फर्किएका हुन् । पारिवारिक भ्रमणका लागि थाइल्याण्ड गएका पूर्वराजालाई त्रिभुवन विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए ।

पुर्वराजाका समर्थकले उनको पक्षमा चर्को नाराबाजी गर्दै वर्तमान कम्युनिष्ट सरकारको चर्को आलोचना समेत गरेका थिए । उनीहरुले राजतन्त्रको अन्त्यसँगै नेपालमा भ्रष्टाचार बढ्नुको साथै कृसियन धर्मको दबदबा बढेको भन्दै हिन्दु धर्म तथा परम्परामाथि प्रहार गर्न सरकारले गुठी विधेयक ल्याएको भनदै आपत्ति जनाए । उनीहरुले विमानस्थलमै ओली सरकारको चर्को आलोचना गर्दै पूर्वराजाको पक्षमा नारबाजी गर्दै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी समेत गरेका थिए । उनीहरुले ज्ञानेन्द्र र कोमलको तस्विर अंकित टिसर्ट लगाएर ज्ञानेन्द्रको स्वातमा पुगेका थिए ।

राजावादीहरुले राजसंस्था सबैको साझा संस्था भएकाले र वर्तमान सरकारको लुटतन्त्रले जनता आजित भएको भन्दै नेपाली जनता राजतन्त्रको पक्षमा खुलेर आउने ठोकुवा गरे । उनीहरुले बालुवाटार वर्तमान सरकारको दाइजो नभएको भन्दै अब चाँडै देशमा राजतन्त्र स्थापना हुने ठोकुवा गरे । राजा सबैको संरक्षक भएकाले जनताको सुरक्षा र राष्ट्रियताको सवालमा राजतन्त्रको विकल्प नभएको भन्दै उनीहरुले निकट भविष्यमा राजतन्त्र स्थापनाको लागि आन्दोलन गर्ने संकेत गरे । उनीहरुले युसरोपेली युनियनको डिजाइनमा देशलाई धर्म निरिपेक्ष गरेर राष्ट्रलाई अफगानस्तान बनाउन लागेको आरोप लगाए ।

उनीहरुले ६२/६३ सालको आन्दोलनको भित्रि रहस्य अब छताछुल्ल भैसकेको बताए । अब कुनै पनि हालतमा मूलुकमा राजतन्त्र स्थापना गरेरै छोड्ने उद्घोष गरे । ओली र देउवाहरु हेर्दा फरक फरक पार्टीका भएपनि समग्रमा उनीहरु एउटै शपिक्तले चलाएको कठपुतली भएको आरोप लगाए । आज स्वदेश फर्किएका पूर्वराजा थाइल्याण्डमा रहेकी नातिनी पूर्णिका अध्ययनरत विद्यालयले आयोजना गरेको उच्च शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुन गएको पूर्वराजा निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया