नेपाली स्याट–१ द्वारा पृथ्वी परिक्रमा शुरू

इनेप्लिज २०७६ असार २ गते ११:२३ मा प्रकाशित

ललितपुर, असार २ गते ।

नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएकाे छ ।

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएको हाे । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । आज नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था ९जाक्सा० ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी हुनुभएको छ ।

शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान ९नाष्ट० का उपकुलपति डा सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी हुनुभएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली स्याट–१ बारे जानकारी लिन गत शनिबार उहाँहरु जापान प्रस्थान गर्नुभएको थियो । सम्मेलन सकिएपछि आउँदो बुधबार उहाँहरु नेपाल फर्कनुहुने भएको छ । ”

नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । आज नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसनुभएको छ ।” आज बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

प्रतिक्रिया